News Category 2071/10/10
सत्तारुढ दलले ग¥यो सर्वपक्षिय सहमतिको उलंघन
दैनिक संवाददाता
राजविराज, ९ माघ ।
सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका नेता कार्यकर्ताले शुक्रबार राजविराजमा स्थानिय प्रशासन र एमाओवादी, मधेशी दलसहितका ३० दलिय मोर्चासँग गरेको सर्वपक्षिय सहमतिको खुलेआम उलंघन गरेका छन् ।
शुक्रबार बिहान स्थानिय प्रशासन, सत्तारुढ दलहरु र मोर्चाले राजविराजमा जुलुस प्रदर्शन नगर्ने तथा उत्तेजित नाराहरु नलगाउने सहमति गरेको तीन घण्टा पनि नबित्दै सत्तारुढ दल काँग्रेस र एमालेका नेता कार्यकर्ता सम्मिलित जुलुसले नारासहित गजेन्द्र चौकमा सभा गर्दै स्थानिय प्रशासनसँग गरेको सहमतिको उलंघन गरेको हो ।
यता ३० दलिय मोर्चाका नेता तथा कार्यकर्ताहरुले स्थानिय जनआन्दोलन चौकमा सभा गरेरै आफ्नो राजनीतिक कार्यक्रमलाई बिश्राम दिएको छ ।
माघ ८ गते विभिन्न राजनीतिक दलहरुले गरेको वाचा तथा प्रतिबद्धता पुरा नभएपछि स्थानिय प्रशासनले जिल्लामा कुनै किसिमको घटना हुन नदिन शुक्रबार बिहानैदेखी राजविराजको अति व्यस्त सडकमा काँडे तारको घेरा हाली नगरलाई प्रहरी ब्यारेकमा परिणत गरेको थियो ।
यता सत्तारुढ दलले सहमतिको उलंघन गरेको प्रश्नमा सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले यस सम्बन्धमा चाडै नै सत्तारुढ दललाई बोलाएर सोधपुछ गरिने जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ