News Category 2080/12/11
सकरपुराले जित्यो तिलाठी कोईलाडी पालिका कप
दैनिक समाचारदाता
राजबिराज, ११ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका स्तरिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी सकरपुराले जितेको छ ।
आईतवार सम्पन्न फाइनल खेलमा वडा नं. ५ को. बरसाईनलाई वडा नं. ३ सकरपुराले ७ रनले पराजित गरि उपाधीमाथी कब्जा जमाएको हो ।
सम्पन्न फाईनल खेलमा टस जितेर सकरपुराले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ बिकेट गुमाई १ सय १८ रनको योगफल खडा गरेको थियो । जसमा अमित मण्डलले उत्कृष्ट ब्याटिंग गर्दै ३ छक्काको मदतले ४३ रन बनाएका थिए । त्यस्तै टिमका लागि साकेत सिँह १७ रन, राजकुमार मुखियाँ ११ रन जोडे । यस्तै वलिङतर्फ को. बरसाईनका गोलु राय ३, दिपेश मण्डल २ बिकेट तथा विशाल शर्मा, दिपेश सरदार १÷१ बिकेट हात पारेका थिए ।
जवाफमा को.बरसाईनले १९ ओभर ५ बलमा सबै बिकेट गुमाई १ सय ११ रन मात्र बनाउन सकेको थियो । जसमा सुभाष शर्माले ३३ दिपेश मण्डल २० रन, राहुल रजक १२ रन बनाएका थिए । बलिङतर्फ सकरपुराका कुनाल मण्डल, प्रदिप मण्डलले उत्कृष्ट बलिंग तर्फ ३÷३ बिकेट, बिजय मुखियाले १ बिकेट लिएका थिए । फाईनल खेलको म्यान अफ दि फाईनल प्रदिप मण्डल घोषित भएका थिए ।
प्रतियोगिताको बेस्ट ब्याटर प्रकाश मण्डल, बेस्ट बलर विशाल शर्मा, म्यान अफ दि सिरिज अमित मण्डल घोषित भएका लाई कप, प्रमाणपत्र प्रदान गरेका थिए ।
उक्त अवसरमा तिलाठी कोईलाडी गाउपालिका अध्यक्षता अरूण मण्डल, वडा ३ का अध्यक्ष रमेश मुखिया वडा ५ का अध्यक्ष ललन राउत, वडा ७ का अध्यक्ष हरि नारायण साह, सप्तरी क्रिकेट सँघका सचिव चन्दन कुमार यादब, प्रतियोगिता संयोजक ज्ञानेन्द्र कुमार यादब लगायतले शिल्ड, कप, मेडल,प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ