News Category 2080/12/11
सकरपुराले जित्यो तिलाठी कोईलाडी पालिका कप
दैनिक समाचारदाता
राजबिराज, ११ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका स्तरिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी सकरपुराले जितेको छ ।
आईतवार सम्पन्न फाइनल खेलमा वडा नं. ५ को. बरसाईनलाई वडा नं. ३ सकरपुराले ७ रनले पराजित गरि उपाधीमाथी कब्जा जमाएको हो ।
सम्पन्न फाईनल खेलमा टस जितेर सकरपुराले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ बिकेट गुमाई १ सय १८ रनको योगफल खडा गरेको थियो । जसमा अमित मण्डलले उत्कृष्ट ब्याटिंग गर्दै ३ छक्काको मदतले ४३ रन बनाएका थिए । त्यस्तै टिमका लागि साकेत सिँह १७ रन, राजकुमार मुखियाँ ११ रन जोडे । यस्तै वलिङतर्फ को. बरसाईनका गोलु राय ३, दिपेश मण्डल २ बिकेट तथा विशाल शर्मा, दिपेश सरदार १÷१ बिकेट हात पारेका थिए ।
जवाफमा को.बरसाईनले १९ ओभर ५ बलमा सबै बिकेट गुमाई १ सय ११ रन मात्र बनाउन सकेको थियो । जसमा सुभाष शर्माले ३३ दिपेश मण्डल २० रन, राहुल रजक १२ रन बनाएका थिए । बलिङतर्फ सकरपुराका कुनाल मण्डल, प्रदिप मण्डलले उत्कृष्ट बलिंग तर्फ ३÷३ बिकेट, बिजय मुखियाले १ बिकेट लिएका थिए । फाईनल खेलको म्यान अफ दि फाईनल प्रदिप मण्डल घोषित भएका थिए ।
प्रतियोगिताको बेस्ट ब्याटर प्रकाश मण्डल, बेस्ट बलर विशाल शर्मा, म्यान अफ दि सिरिज अमित मण्डल घोषित भएका लाई कप, प्रमाणपत्र प्रदान गरेका थिए ।
उक्त अवसरमा तिलाठी कोईलाडी गाउपालिका अध्यक्षता अरूण मण्डल, वडा ३ का अध्यक्ष रमेश मुखिया वडा ५ का अध्यक्ष ललन राउत, वडा ७ का अध्यक्ष हरि नारायण साह, सप्तरी क्रिकेट सँघका सचिव चन्दन कुमार यादब, प्रतियोगिता संयोजक ज्ञानेन्द्र कुमार यादब लगायतले शिल्ड, कप, मेडल,प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ