News Category 2071/10/12
प्रश्नावली समिति गठन गरेको बिरोधमा सभामुख नेम्वाङको पुतला दहन
दैनिक संवाददाता
राजविराज, ११ माघ ।
एमाओवादी, मधेशवादी दलसहितको ३० दलिय मोर्चाले आइतबार साँझ सप्तरीलगायत देशभर संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्वाङको पुतला जलाएका छन् ।
संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्वाङले आइतबार संविधानसभामा विपक्षि दलले बिरोध जनाउँदा जनाउँदै प्रश्नावली समिति गठन गरेको बिरोधमा पुतला जलाएका हुन् ।
राजविराजस्थित गजेन्द्र चौकबाट पुतला सहितको ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात् पुनः गजेन्द्र चौकमा पुगेर सभामुख नेम्वाङको पुतला जलाएका हुन् । सभामुखले गरेको निर्णय अबिलम्ब सच्याउँनुपर्ने तथा सहमतिको आधारमा संविधान ल्याउँनुपर्ने माँग गर्दै मोर्चाले सभामुखको पुतला जलाएका छन ।
सो कार्यक्रममा सद्भावना पार्टीका केन्द्रिय महासचिव मनिषकुमार सुमन, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, फोरम नेपालका जिल्ला अध्यक्ष दिनेशकुमार यादव, सद्भावनाका जिल्ला अध्यक्ष सुनिल कुमार झा लगायतको उपस्थिती रहेको थियो ।
पुतला दहन पश्चात् आयोजित बिरोध सभामा एमाओवादीका भागवत यादव, फोरम नेपालका केदार यादव, नेकपा–माओवादीका रामगमन साह, विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष शम्भु कुमार यादव, सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव लगायतका बक्ताहरुले सभामुखले गरेको निर्णय अबिलम्ब सच्याउँनुपर्ने तथा सहमतिको आधारमा नयाँ संविधान ल्याउँनुपर्ने माग गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ