News Category 2070/03/30
२५ गतेभित्रै लिनुपर्ने निकासा लिनेदिने क्रम जारी
राजविराज÷सबैभन्दा बढी गाविस रहेको सप्तरीका अधिकांस गाविसले तेस्रो किस्ता वापतको अनुदान निकासा लिन पाएका छैनन् । परिषद् गरेपनि काम गर्न नसक्दा रकम निकासा लिन नसकेको जिल्ला विकासले जनाएको छ । जिल्ला विकासका अनुसार दुई वटा गाविस कालोसूचीमा परेका कारण यस पटक अनुदान पाउने छैनन् ।
चालू आर्थिक बर्ष २०६९÷७० सकिन दुई दिन बाँकी रहेको अवस्थामा ४० वटा गाविसले मात्र तेस्रो किस्ता वापतको रकम निकासा लिएको जिविसले जनाएको छ । लिएकामध्ये पनि अधिकांसले असार २५ गतेपछि यो रकम निकासा लिएका हुन् । असार २५ गतेअघिसम्म ७ वटा गाविसले मात्र तेस्रो किस्ता वापतको रकम लिएको थियो । यसले गाविस अनुदानमध्ये अधिकांस रकम मिलोमतोमा पचाउने खेल देखा परिसकेको छ । चार दिनभित्र लाखौंको काम गर्न सक्ने भन्दै कागजी प्रकृया देखाएर जिविसका कर्मचारीहरुले रकम निकासा दिने गरेको र यसबाट कर्मचारीहरुले ४० प्रतिशतसम्म कमिसन लिने गरेको जिविस श्रोतको भनाई छ ।
यस पटक मुलुककै सबैभन्दा बढी ११४ गाविस भएको यो जिल्लाका ७२ जति गाविसले अझै तेस्रो किस्ता वापतको रकम लिन पाएको छैन् । असार २५ सम्म काम गरेर निकासा लिइसक्नुपर्नेमा २४ गते सोमबारसम्म ७ वटा गाविसले मात्र तेस्रो किस्ता वापतको रकम लिएको र यसपछि अन्य गाविसले निकासा पाएको जिविसले नै जनाएको छ । २५ गतेअघिसम्म सीतापुर, सकरपुरा, भारदह, देउरी भरुवा, जगतपुर, मोहनपुर र रामपुर जमुवाले मात्र तेस्रो किस्ता वापतको रकम निकासा लिएका थिए । मधवापुर र मौवाहा गाविस कालोसूचीमा परिसकेका कारण सम्पूर्ण बजेट नै फ्रिज भएको जिविसले जनाएको छ ।
अनुदान वापतको पहिलो किस्ता ११२ गाविसले निकासा लिएपनि दोस्रो किस्ता १० गाविसले नलिएको जिविसले जनाएको छ ।
तेस्रो किस्ता वापतको रकम १०५ गाविसले हालसम्म निकासा नलिएका कारण काम हुने सम्भवाना एकमदै न्यून रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ