News Category 2071/10/11
चार दिनको नवजात शिशुलाई नहरमा फाल्ने आमा पक्राउ
राजविराज÷सप्तरीको सदरमुकाम राजविराज २ स्थित कोशी पश्चिमी नहरमा शनिबार बिहान एक बेबारिसे नवजात शिशुको शव फेला परेको छ ।
राजविराज नगरपालिका ९ निवासी भैयालाल रजककी श्रीमति गिता रजकको नव जात शिशु नहरमा बेवारिसे अवस्थामा फेला परेको हो । सो शिशु गत मंगलबार जन्मिएकी हुन् ।
गिताका श्रीमान विगत केही महिनादेखि बैदैशिक रोजगारको शिलशिलामा मलेसियामा रहेका छन् । अवैध यौनसम्पर्कबाट गर्भवति भएकी गिताले मंगलबार राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा शिशुलाई जन्म दिएकी थिईन । तर, जन्मेको चार दिन नबित्दै नवजात शिशुको घर नजिककैको नहरमा आमाले नै फालेपछि शुक्रबार बिहान सो नवजात शिशु रोएपछि स्थानीयबासीहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
चिसो मौसममा नहरमा फालेपछि शिशुको अवस्था गम्भिर रहेको तथा हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा चिन्ताजनक अवस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
शिशुलाई उपचारको लागि अस्पतालमा लगेपछि अस्पतालका स्वास्थ्यकर्मीहरुले गत मंगलबार उक्त शिशुको अस्पतालमै जन्म भएको बताएपछि खोजतलाश गर्दा शिशुका आमा गिता रजकलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको हो ।
पक्राउ परेकी रजकले आप्mनो छोरीको मृत्यु भएको भन्दै नहरमा फालेको बताएको प्रहरीले जनाएको छ ।
यता गिताको दुई छोरी समेत रहेको तथा श्रीमान् बिदेशमा हुदाँ पर पुरुषसँग अवैध सम्पर्क रहेकाले उक्त नवजात शिशुलाई जन्मिनै बित्तिकै फालेको स्थानीयहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ