News Category 2080/12/25
जिल्लाकै प्रतिष्ठित मेयर कप क्रिकेट प्रतियोगिता बैशाखमा हुने
दैनिक समाचारदाता
राजविराज, २५ चैत ।
जिल्लाकै प्रतिष्ठित सप्तरी प्रिमियर लिग मेयर कप (सिजन ६) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी बैशाखमा संचालन हुने भएको छ । यसका लागि आइतबार राजविराज नगरपालिकासँग सम्झौता समेत भएको छ ।
राजबिराज नगरपालिका र सप्तरी क्रिकेट संघबीच उक्त प्रतियोगिता संचालनका लागि एक कार्यक्रम बिच सम्झौता भएको सप्तरी क्रिकेट संघले जनाएको छ ।
बैशाखको अन्तिम सातादेखि राजबिराजमा संचालन हुने उक्त प्रतियोगिताका लागि राजबिराज नगरपालिका कार्यवाहक नगरप्रमुख ईसरत परिवनले सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठलाई सम्झौता पत्र हस्तान्तरण गरेकी छिन् ।
सो अवसरमा कावा प्रमुख परविनले सप्तरीमा क्रिकेट खेलको बिकासका लागि नगरपालिकाले प्रत्येक बर्ष मेयर कप प्रतियोगिताको लागी नगरस्तरिय योजनामा राख्दै आएको बताईन । उनले संसारमा सबै भन्दा बढी खेल्ने खेल भनेकै क्रिकेट भएकोले सप्तरी क्रिकेटको बिकासका लागि नगरपालिका कहिले पछाडी नहट्ने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद गुरुङले बिश्वमा नेपाललाई चिनाउन सप्तरीले थुप्रेै अन्तराष्ट्रिय, राष्ट्रिय खेलाडी उत्पादन गर्न उर्वर भूमी रहेकोले स्थानिय सरकारले क्रिकेट खेलको बिकास गर्न प्राथमिकतामा राख्नु पर्ने बताए ।
सम्झौता कार्यक्रममा बोल्दै सप्तरी क्रिकेट संघका अध्यक्ष श्रेष्ठले सप्तरी प्रिमियर लिग मेयर कप प्रतियोगिता मधेश प्रदेश कै उत्कृष्ट प्रतियोगिता रहेको बताउदै मेयर कप नेपाल क्रिकेट संघको बार्षिक क्यालेन्डरमा समेत रहेकोले प्रतियोगिताको महत्व बढेको बताए ।
उक्त प्रतियोगिता खेलाडी खरिद बिक्री (अक्सन) माध्यमवाट देश भरीकै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरूको आवेदन मार्फत गरेर उनीहरूको सहभागितामा प्रतियोगिता गरिने बताए ।
उक्त अवसरमा राजबिराज नगरपालिका स्वास्थ शाखा संयोजक निरन्जन यादब, शाखा अधिकृत कल्पना देव, सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज सिंह, सचिव चन्दन यादव, कोषाध्यक्ष तुलानाथ माझी, समाजसेवी मोहम्मद फिरोज लगायत सप्तरी क्रिकेट संघका पदाधिकारी, खेलाडीहरूको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ