News Category 2080/12/27
विकास र शान्तिका लागि छात्रा क्रिकेट प्रतियोगिता
दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
बिकास र शान्तिका लागि अन्तराष्ट्रिय खेल दिवसको अवसरमा मंगलबार छात्रा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ ।
छात्रा क्रिकेट खेलाडीको उत्पादनसँगै क्षमता अभिबृद्विका लागि मैत्रीपूर्ण उत्कृष्ट थ्री बिच अन्तर बिधालय क्रिकेट प्रतियोगिता सम्पन्न भएको हो ।
उक्त प्रतियोगितामा उत्कृष्ट फुलकुमारी महतो माबि सिरहा र लिटिल एन्जेल राजबिराज बिच फाईनल खेल भएको थियो ।
फाईनल खेलमा फुलकुमारी माबि बन्दिपुर सिरहाले लिटिल एन्जेल राजबिराजलाई ६ रनको जित हात पारेको छ । निर्धारित ८ ओभरको खेलमा टस जितेर लिटिलले फुलकुमारी माबिलाई ब्याटिङ गर्न दिएपछि फुलकुमारीले ४४ रनको योगफल खडा गरेको थियो ।
जवाफमा लिटिल एन्जेल राजबिराजले ८ ओभरको खेलमा ३६ रन मात्र बनाउन सकेपछि फलकुमारी माबिले ६ रनले प्रतियोगिताको उपाधी जितेको हो ।
राजबिराजस्थित पवि माबि खेलमैदानमा समानताको लागि क्रिकेट परियोजना अन्तर्गत सबल नेपाल, क्रिकेट फाउण्डेशनको सहयोगमा तथा सप्तरी क्रिकेट संघको समन्वयमा खेलको आयोजना गरिएको थियो ।
उक्त प्रतियोगितामा लिटिल एन्जेलस मोडेल स्कुल राजबिराज, भसराज माबि कल्याणपुर र श्री नेपाल राष्ट्रिय फुलकुमारी महतो माबि बन्दिपुर कर्जन्हा सिरहा बिच चार चरणमा प्रतियोगिता गरिएको थियो ।
समापन्न कार्यक्रममा सबल नेपालका अध्यक्ष जुना गिरी, सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादब, फुलकुमारी माबि बन्दिपुरका प्राधानाध्यापक भानुभक्त ढकाल सबल, नेपालका परियोजना संयोजक नीर बहादुर आलेलगायतले शिल्ड, कप, मेडल प्रदान गरेका थिए भने कार्यक्रममा प्रशिक्षक धर्मेन्द्र चौधरी, सबल नेपालका कार्यक्रम अधिकृत आशिष गुप्ताले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ