News Category 2080/12/27
विकास र शान्तिका लागि छात्रा क्रिकेट प्रतियोगिता
दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
बिकास र शान्तिका लागि अन्तराष्ट्रिय खेल दिवसको अवसरमा मंगलबार छात्रा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ ।
छात्रा क्रिकेट खेलाडीको उत्पादनसँगै क्षमता अभिबृद्विका लागि मैत्रीपूर्ण उत्कृष्ट थ्री बिच अन्तर बिधालय क्रिकेट प्रतियोगिता सम्पन्न भएको हो ।
उक्त प्रतियोगितामा उत्कृष्ट फुलकुमारी महतो माबि सिरहा र लिटिल एन्जेल राजबिराज बिच फाईनल खेल भएको थियो ।
फाईनल खेलमा फुलकुमारी माबि बन्दिपुर सिरहाले लिटिल एन्जेल राजबिराजलाई ६ रनको जित हात पारेको छ । निर्धारित ८ ओभरको खेलमा टस जितेर लिटिलले फुलकुमारी माबिलाई ब्याटिङ गर्न दिएपछि फुलकुमारीले ४४ रनको योगफल खडा गरेको थियो ।
जवाफमा लिटिल एन्जेल राजबिराजले ८ ओभरको खेलमा ३६ रन मात्र बनाउन सकेपछि फलकुमारी माबिले ६ रनले प्रतियोगिताको उपाधी जितेको हो ।
राजबिराजस्थित पवि माबि खेलमैदानमा समानताको लागि क्रिकेट परियोजना अन्तर्गत सबल नेपाल, क्रिकेट फाउण्डेशनको सहयोगमा तथा सप्तरी क्रिकेट संघको समन्वयमा खेलको आयोजना गरिएको थियो ।
उक्त प्रतियोगितामा लिटिल एन्जेलस मोडेल स्कुल राजबिराज, भसराज माबि कल्याणपुर र श्री नेपाल राष्ट्रिय फुलकुमारी महतो माबि बन्दिपुर कर्जन्हा सिरहा बिच चार चरणमा प्रतियोगिता गरिएको थियो ।
समापन्न कार्यक्रममा सबल नेपालका अध्यक्ष जुना गिरी, सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादब, फुलकुमारी माबि बन्दिपुरका प्राधानाध्यापक भानुभक्त ढकाल सबल, नेपालका परियोजना संयोजक नीर बहादुर आलेलगायतले शिल्ड, कप, मेडल प्रदान गरेका थिए भने कार्यक्रममा प्रशिक्षक धर्मेन्द्र चौधरी, सबल नेपालका कार्यक्रम अधिकृत आशिष गुप्ताले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ