News Category 2081/01/04
प्रतिष्ठानद्वारा क्रिकेटलाई निरन्तरता, बैशाख ५ देखी प्रतियोगिता हुने
दैनिक समाचारदाता
राजविराज, ४ वैशाख ।
क्रिकेट विकास प्रतिष्ठान राजविराज सप्तरीले गठन भएको पाँच वर्षदेखि लगातार क्रिकेट प्रतियोगितको आयोजना गर्दै आएको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत यस पटक पनि सोही प्रतियोगितालाई निरन्तरता दिने जनाएको छ ।
आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष ई. इन्द्रनारायण देवले बैशाख ५ गते जिल्लाका ९ क्लब सम्मिलित क्रिकेट प्रतियोगिता आयोजना हुने जानकारी दिएका छन् ।
सो प्रतियोगितामा जिल्लाको युथ एकेडेमी राजविराज, सबल नेपाल, राजदेवी राइजिङ्ग क्लब, तिलाठी कोइलाडी क्लब, कंचनरुप रुपनगर क्रिकेट क्लब, रुपनी राइडर्स, बजाज खडक यङ एलेवन, माँ काली छिन्नमस्ता क्लब र वाईइसी विरपुर क्रिकेट क्लब गरी कुल ९ टिमको सहभागिता रहने उनले बताए ।
प्रतियोगिताको वार्षिक कार्यक्रम अन्तर्गत राजविराज नगरपालिका तथा सप्तरी क्रिकेट संघसँग समन्वय गरेर बैशाख ५ गते देखी १२ गते सम्म जिल्लाका क्लबहरुलाई समेटेर क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाई छ ।
युवाहरुलाई कुलतबाट जोगाउन तथा उनीहरुलाई खेलको माध्यमबाट असल नागरीक बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्दै आएको बताउँदै उनले यसबाट नयाँ नयाँ प्रतिभावान खेलाडीको उदय हुने विश्वास समेत गरे ।
जिल्लामा क्रिकेट खेलको विकासका लागी हामी निरन्तर प्रतियोगिता गर्दै आए पनि स्थानीय, प्रदेश र संघिय सरकारहरुबाट अपेक्षा गरे अनुसारको सहयोग पाउन नसकेको भन्दै उनले यसतर्फ तीन वटै तहका सरकारको पनि चासो उत्तिकै जरुरी रहेको बताए ।
राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेलमैदानमा लिग कम नक आउट प्रणालीको आधारमा टि–ट्वाइन्टी कप क्रिकेट प्रतियोगिता संचालन हुने प्रतियोगितामा प्रथम हुने टिमले ट्रफी, प्रमाण पत्र र नगद २५ हजार तथा दोश्रो हुनेले ट्रफी, प्रमाण पत्र र १५ हजार नगद पुरस्कार पाउने जनाइएको छ ।
प्रतियोगितको पाँचौ संस्करणमा वेस्ट बलर, वेस्ट ब्याटसम्यान, म्यान अफ द सिरीज लगायतका विद्यामा पनि पुरस्कारको व्यवस्था मिलाइएको प्रतिष्ठानका सचिव भोगेन्द्र चौधरीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ