News Category 2071/10/14
उपसचिवको दरबन्दी रहेको राजविराज भन्सार कार्यालय सुब्बाकै भरमा संचालन
शुभ नारायण यादव
राजविराज, १३ माघ ।
सप्तरीको तिलाठी गाविसस्थित राजविराज भन्सार कार्यालय पछिल्लो ६ महिनादेखि नायब सुब्बाको भरमा सञ्चालन रहेको छ ।
बर्षेनी झण्डै ७ करोड भन्दा वढि राजश्व असुल हुने उक्त भन्सार कार्यालयमा उप–सचिवको दरबन्दी रहेको छ । तर, विगत ६ महिनादेखि विभागले यहाँ भन्सार अधिकृत सम्मलाई पठाउँन सकेको छैन । भारतीय नाका कुनौलीसँग जोडिएको उक्त भन्सार कार्यालय सप्तरी जिल्लाकै मुख्य नाका हो ।
दुई वर्षदेखि कार्यरत भन्सार प्रमुख ध्रुबराज विश्वकर्माको गत असोज १ गते सरुवापछि यहाँ उक्त पद रिक्त रहेको छ । भन्सार प्रमुख वा अधिकृत स्तरसम्मको कर्मचारी नहुँदा कार्यालय सञ्चालनमा विभिन्न प्रकारका कठिनाई हुने गरेको कार्यरत कर्मचारीहरुको भनाई छ ।
भन्सार प्रमुखको अनुपस्थितीका कारण कार्यालय सञ्चालनका साथै मुख्य भन्सार नाका लागायत विभिन्न छोटी भन्सार नाका समेतबाट हुने गरेको चोरी तस्करी नियन्त्रणमा ठुलो समस्या उत्पन्न भएको कर्मचारीहरुको भनाई छ ।
यता चोरी निकासी भएर जाने मालसमान पक्राउ गर्दा त्यसको लिलामि प्रक्रिया पनि सञ्चालन गर्न कठिनाई हुने गरेको राजविराज भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा हिमबहादुर ओलीले जानकारी दिनुभयो । भन्सार ऐन अनुसार भन्सारले पक्राउ गरेका तथा प्रहरी लगायतका अन्य निकायवाट पक्राउ गरी बुझाईएका मालसमानको लिलामि प्रक्रिया सञ्चालन तथा मुद्दा निर्णय गर्ने अधिकार कम्तीमा अधिकृत तहका कर्मचारीलाई मात्र रहेको छ ।
तत्काल उक्त समस्याको समाधानका लागि विभागले विराटनर भन्सारमा कार्यरत अधिकृत राजु पौडेलले राजविराज भन्सार कार्यालयको मुद्दा निर्णय तथा लिलामि प्रक्रिया लगायतका अत्यावस सेवा प्रवाह गर्न अख्तियारी दिएपनि कार्य व्यस्तताका कारण प्रयाःजसो उहाँ समय दिन नसकेको कर्मचारीहरुको भनाई छ ।
हाल सम्ममा पनि कार्यालयमा लाखौ मुख्य बराबरको माल समानहरु लिलामि प्रक्रिया सञ्चालन तथा मुद्दा फैसलाको अभावमा थन्किएर राखिएको छ । यसैगरी दुई दर्जन वढि चार पाङग्रे सबारी साधन तथा सोहि अनुपातमा मोटरसाईकलहरु समेत लिलामिका लागि राखिएको छ । यद्दपी प्रक्रिया सञ्चालन गर्ने अधिकार सम्पन्न कर्मचारी नहुँदा आवश्यक प्रक्रिया समेत थाल्न समस्या भईरहेको कार्यालय श्रोतको भनाई छ ।
राजविराज भन्सार कार्यालयमा एक जना उप सचिव तहका भन्सार प्रमुख, १ जना भन्सार अधिकृतको दरबन्दी रहेकोमा हाल दुवै पद रिक्त रहेको छ । त्यस्तै नायब सुब्बा तहका दुई जनाको दरबन्दी रहेकोमा ५ जना कार्यरत रहेका छन् । तीनै पाँच नायब सुब्बा मध्यै बरिष्ठताको आधारमा भरत नेपाललाई हाल निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिईएको छ । यसका अतिरिक्त ७ जना खरिदारको दरबन्दी रहेकोमा सबै पदहरु रिक्त नै रहेको निमित्त कार्यालय प्रमुख भरत नेपालले जानकारी दिनुभयो ।
आर्थिक वर्ष ०६८÷०६९ देखि गत आथिर्क वर्ष सम्ममा राजविराज भन्सार कार्यालयले प्रत्येक वर्र्ष ५ करोड भन्दा वढि राजश्व उठाउन सफल भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । चालु आथिर्क वर्ष ०७१÷०७२ उक्त कार्यालयलाई ७ करोड राजश्व संकलनको लक्ष्य रहेको कार्यालय प्रमुख नेपालको भनाई छ ।
राजविराज भन्सार कार्यालय पुर्व पश्चिम राजमार्गसँग जोडिने मुलुककै सबैभन्दा नजिकको नाका हो । यद्दपी भन्सार कार्यालयको उपयुक्त व्यवस्थापन तथा सडक विस्तार हुन नसक्दा यस भन्सार कार्यालयको विकास हुन नसकेको स्थानियहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ