News Category 2071/10/14
बस खोलामा खस्दा एकको मृत्यु, एक दर्जन घाइते
दैनिक संवाददाता
राजविराज, १३ माघ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको बक्धुवामा मंगलबार बिहान एक यात्रु बाहक बस खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने एक दर्जन यात्रु घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. ४ ख ६९७६ नम्बरको सो बस बक्धुवा ८ स्थित पुलको रेलिङ भत्काएर खोलामा खसेको हो । तिब्र गतिमा रहेको सो बस अनियन्त्रित भई खोलमा खसेको स्थानियहरुले बताएका छन् ।
दुर्घटनामा परेर मृत्यु हुनेमा सुनसरीको दुहबी ५ निवासी ४९ वर्षिय मोहम्मद आसिम रहेको इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीले जनाएको छ ।
त्यस्तै सोही दुर्घटनामा घाईते हुनेहरुमा झापाको घैलाडुब्बा ९ बस्ने २३ बर्षीय श्याम शिवा, मोरङ सुन्दरपुर २ बस्ने २५ बर्षीय भुवन पौडेल, मोरङ्गकै तिनरीया गाविस ८ बस्ने ३७ वर्षिय गजेन्द्र चौधरी, झापाको विर्तामोड बस्ने ३८ वर्षिय बेनु प्रसाद शिलवाल, धनकुटा मारेकटहरे ८ बस्ने विर बहादुर श्रेष्ठ, झापाकै गौराहद ४ बस्ने २३ बर्षकी कल्पना श्रेष्ठ, मोरङ मृगौलिया ७ बस्ने ३८ वर्षिय दिपक चौधरी, झापा दमक नगरपालिका बस्ने ४३ वर्षिय हिरा बहादुर श्रेष्ठ, सुनसरीको नरसिंहा गाविस ५ बस्ने ३५ वर्षिय उपेन्द्र यादव, सप्तरीको बकधुवा गाविस ८ बस्ने शत्रुध्वन मेहेता, झापाको मेची न.पा. ५ बस्ने २६ वर्षिय प्रज्वल सुब्बा र झापा विर्तामोड ६ बस्ने ३७ वर्षिय नगेन शंकर रहेको प्रहरीे जनाएको छ ।
यता घाइते आधा दर्जनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । सामान्य र गम्भिर घाइते सबैको बिराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ भने चालकको खोजी भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ