News Category 2081/01/22
विपत् पूर्व तयारीमा हामी चुकेका हौं !
सप्तरीमा आगलागिका घटना यसअघि पनि बारम्बार हुँदै आएको छ । सुख्खा मौसम तथा हावाहुरीको समय बाहेक पनि यस्ता आगलागिका घटना हुने गरेको प्रसस्त उदाहरणहरु छन् । आगलागिका घटना मात्र होइन् यस जिल्लामा दैबी प्रकोपका अन्य घटनाहरु समेत हुने गरेको छ । जसमध्ये बाढी पनि प्रमुख हो । वर्षायाममा बाढीका कारण आगलागिका घटना जस्तै सयौं मानिसहरु घरवार बिहीन हुन पुग्छन् । हजारौं विगहा जग्गा जलमग्न हुनाले लगाइएको अन्नवाली नष्ट हुने गरेको छ । यी यस्ता दैवी प्रकोपका घटनाका कारण सप्तरी जहिले पनि चर्चामै हुने गरेको छ ।
यो त भयो जिल्लामा दैवी प्रकोपको घटनाका कारण चर्चामा आउने विषय । तर, जिल्लालाई चर्चामा आउन यस्ता विपत्कै घटना हुनु जरुरी छ त ! पक्कै पनि होइन, हुनु पनि पर्दैन् । जिल्ला चर्चामा आउने विषयहरु धेरै छन् । तर त्यो विषय मौन छ । यहाँ राम्रा राम्रा काम पनि भएका छन् । यस्तो विषयप्रति सम्बन्धीत निकायको चासो जादैन् । विपत्का लागि सबै पालिकाले हरेक वर्ष पूर्वतयारी गरेको देखिन्छ र बजेट पनि छुट्याएको हुन्छ । विपत् पूर्व तयारी कसलाई भन्ने विषयप्रति पनि हामी गम्भिर हुनु जरुरी छ । नाम मात्रको तयारी की काम पनि गर्ने यो गम्भिर विषय हो । हामी जहिले पनि विपत्को सामना गर्न तयारी अवस्थामा रहेको प्रचारबाजी गर्छौ, तर विपत् आयो भने त्यो सबै तयारी शुन्य हुनपुग्छ । सबै हतास र निरास हुन पुग्छन् । भन्नै पर्दा हामी विपत्को पूर्व तयारीमा चुकेका छौं, यसको पूर्व तयारी अझै पुगेको छैन् । मात्र हचुवाको तालमा प्रचारबाजी गरेर मिडियामा हालेर जनतालाई आश्वासन दिने काम मात्र हुने गरेको छ ।
अहिले जिल्लाको दुई स्थानमा भएको आगलागिमा सर्वस्व गुमाएकाहरुको पीडामा मलहम लगाउन सबै अग्रसर होऔं । यसका लागि अहिले देखी नै विपत् पूर्वतयारीमा जुटेर एउटा दिर्घकालिन रणनीति बनाउनु अति आवश्यक छ । तसर्थ विपत् भनेको कसैले रोकेर वा भनेर आउने होइन् । प्रकृतिक प्रकोपलाई हामी सक्दो नियन्त्रण वा त्यसबाट हुन सक्ने क्षतिलाई न्युन गर्न मात्र प्रयास गर्न सक्छौं । यसका लागि एउटा बलियो संयन्त्र तयार पारी तीन तहका सरकारले अग्रणी भूमिका निर्वाह गर्न सक्नुपर्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/20 संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
- 2082/04/20 जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
- 2082/04/20 राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
- 2082/04/19 कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
- 2082/04/19 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
- 2082/04/19 मिडिया काउन्सीलद्वारा सुझाव संकलन
- 2082/04/18 जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
- 2082/04/18 करेन्ट लागेर यूवकको मृत्यु
- 2082/04/18 हवाई फायर गरि प्रहरीद्वारा लागु औषधसहित दुई पक्राउ
- 2082/04/17 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि केदार र उमेश मैदानमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ