News Category 2081/01/24
बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
दैनिक समाचारदाता
राजविराज, २४ बैशाख ।
राष्ट्रिय महिला कबड्डी प्रतियोगिता यही बैशाख २९ गते देखी राजविराजमा आयोजना हुने भएको छ ।
प्रतियोगिताका बारेमा जानकारी दिन आयोजक समिति जिल्ला कबडी संघद्वारा सोमवार आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष चन्द्र शेखर चौधरीले प्रतियोगिता सात प्रदेश र तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ) गरी १० टिमको सहभागिता रहने जानकारी दए । प्रतियोगिता जेष्ठ १ गते सम्म चल्ने उनले बताए ।
उनले जिल्ला कबडी संघ सप्तरीको आयोजना, अखिल नेपाल कवडी संघको समवन्य तथा राजविराज नगरपालिका र अग्नीसाईर कृष्णासवरण गाउपालिकासहित विभिन्न पालिकाको सहयोगमा प्रतियोगिता संचालन हुन लागेको बताए ।
प्रतियोगिताका विजेताले १ लाख १ हजार, उपविजेताले ५१ हजार तथा तृतिय र चौथो स्थान प्राप्त गर्ने टोलीले २५÷२५ हजार नगद सहित ट्रफी र सम्मान पत्र पाउने छन । यस्तै प्रत्येक खेलका म्यान अफ द म्याचले २ हजार ५ सय तथा ओ म्यान अफ द सिरिजले ११ हजार नगद सहित सम्मान पत्र पाउने पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले जानकारी दिए ।
प्रतियोगिताका लागी कुल २६ लाख ७५ हजार ५ सय रुपैया बजेट तय गरिएको पत्रकार सम्मेलनमा अखिल नेपाल कबडी संघका केन्द्रिय महासचिव अरबिन्द झाले जानकारी दिए ।
प्रतियोगितामा प्रत्येक टिमले ३÷३ जनाका दरले विदेशी खेलाडी राख्न पाउने प्रावधान राखिएको बताउँदै उनले हालै सम्पन्न १९ औं एशियाली महिला कबडी प्रतियोगितामा सहभागी भई कास्य पदक विजेता नेपाली टिमका खेलाडीहरु पनि विभिन्न टिमबाट सहभागित हुने जानकारी दिए ।
लिगकम नकआउट प्रणालीका आधारमा संचालन हुने प्रतियोगितामा १ सय २० जना खेलाडी, २५ जना प्रशिक्षक र व्यवस्थापक तथा निर्णयक सहित १ सय ६५ जनाको सहभागिता रहने जनाइएको छ । प्रतियोगिताको उदघाटन खेल मधेश प्रदेश र कोशी प्रदेश बीच हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ