News Category 2071/10/15
पूर्ण रुपमा शान्ति सुरक्षा दिलाउने प्रतिबद्धता
दैनिक संवाददाता
राजविराज, १४ माघ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक शिशिर कुमार कर्माचार्यले जिल्लामा शान्ति सुरक्षाको पुर्ण रुपमा प्रत्याभुति दिलाउँने प्रतिवद्धता जनाउँनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा भर्खरमै जिल्ला आउनु भएका प्रहरी उपरिक्षक कर्माचार्यले यस्तो प्रतिवद्धता जनाउँनुभएको हो । उहाँले आफु बसुन्जेलसम्म निःस्वार्थ भावनाले सम्पुर्ण जिल्लाबासीहरुको सेवा गर्ने जिकिर गर्नुभयो ।
प्रहरी र पत्रकारबिच नङ्ग मासुको सम्बन्ध रहेको बताउँदै उहाँले पत्रकारहरुबाट पनि निःस्वार्थ भावनाले सहयोग हुने अपेक्षा उहाँले गर्नुभयो । प्रहरी उपरिक्षक कर्माचार्यले ब्लाक मेलिङ्ग पत्रकारिता नगर्न सम्पुर्ण पत्रकारहरुसँग अनुरोध गर्नुहुँदै स्वच्छ, निष्पक्ष रुपमा सुचना प्रवाह गर्न आग्रह गर्नुभयो ।
सोही पत्रकार सम्मेलनमा डिएसपी केदार ढकालले २०७१ साउनदेखी हालसम्म जिल्लाका विभिन्न स्थानहरुबाट ८७ हजार ७ सय ५२ वटा गाँजाको बोट प्रहरीले नष्ट गरेको जानकारी दिनुहुँदै उहाँले १ हजार ६० लिटर घरेलु मदिरा समेत विभिन्न स्थानबाट नष्ट गरेको बताउँनुभयो ।
त्यस्तै जिल्लाको विभिन्न स्थानबाट अवैध काठ, सुर्ति सहितका समानहरु समेत बरामद गरेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ