News Category 2071/10/16
खुल्ला दिशापिसाब मुक्त क्षेत्र घोषणका लागि राजविराज नगरपालिकाद्वारा विभिन्न कार्यक्रमको आयोजना
दैनिक संवाददाता
राजविराज, १५ माघ ।
राजविराज नगरपालिकाद्वारा नगरपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र कार्यक्रम प्रबद्र्धन, बाल श्रम तथा बाल बिवाह निषेध, सरसफाई जस्ता कार्यक्रमहरुलाई बढावा दिन बिहिबार विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
नगरपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणाका लागि राजविराजस्थित राजरंगशालाबाट निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात् पुनः रंगशालामा पुगेर विभिन्न कार्यक्रममा परिणत भएको थियो । सन् २०१५ सम्ममा राजविराज नगरपालिकालाई खुल्ला दिसापिसाब मुक्त क्षेत्र घोषणा गर्न अहिले नगरपालिकाले सो अभियानलाई तिब्रता पार्न विभिन्न चेतनामूलक कार्यक्रमलाई बढावा दिएको छ ।
सोही अवसरमा राजविराज नगरपालिका वडा नं. ४ का नमुना टोल विकास संस्था र वडा नं. ५ का न्यु जेनरेशन टोल विकास संस्थालाई खुल्ला दिशाविपसाब मुक्त क्षेत्र घोषणा गरेको भन्दै पुरस्कार तथा प्रशसापत्र प्रदान गरिएको छ ।
राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्ग र सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयका प्रहरी उपरिक्षक ह्दय नारायण मण्डलले ती दुई टोल विकास संस्थालाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
त्यस्तै सोही अवसरमा निलहिरा समाजद्वारा लोक दोहरीमा नृत्य प्रस्तुत गरिएको थियो ।
यसैगरी सोही अवसरमा खुल्ला स्थानमा दिसापिसाब गरेमा रोग फैलिने कुरालाई नाटक मार्फत मंचन गरिएको थियो । नगरस्तरिय बाल क्लबका कलाकारहरुले सो मैथिली नाटक मंचन गरेका थिए । सोही अवसरमा नगरपालिका कर्मचारीबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गको अध्यक्षता तथा स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, विभिन्न राजनीतिक दलका प्रतिनिधिसहित नगरका विभिन्न वडाका सयौ सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ