News Category 2081/01/31
प्रथम जिल्ला स्तरिय कराँते प्रतियोगिता सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
सप्तरी डोजो संघको समन्वयमा सोमबार राजविराजमा प्रथम जिल्ला स्तरिय कराँते प्रतियोगिता सम्पन्न भएको छ ।
युनिभर्सल एकेडेमी राजविराज ८ को आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि पूर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका पूर्व निर्देशक एवं विद्यालयका अध्यक्ष बिरेन्द्र प्रसाद चौधरीले यस्ता खेलकुद प्रतियोगिताले बालबालिकाहरुको शारिरीक र मानसिक विकासका लागि उपलब्धीमूलक हुने बताए ।
उनले आफ्नो विद्यालयमा हप्ताको एक दिने कराँते कक्षा संचालन गरिने जानकारी दिँदै जिल्लामै पहिलो पटक यस्तो प्रतियोगिता युनभिर्सल एकेडेमीले संचालन गर्न पाएकोमा गर्व महसुस भएको उल्लेख गरे ।
जिल्ला खेलकुद विकास समिति सप्तरीका प्रमुख दिनेश भुजेलले जिल्लामा खेलकुदको विकासमा सरोकारवाला निकाय गम्भिर नरहेको आरोप लगाए । उनले जिल्ला स्तरिय कराँते खेल निजि विद्यालयले संचालन गर्नु भनेको खेलकुदप्रतिको लगाव हो भन्दै अन्य खेलहरु पनि निजिस्तरबाटै संचालन हुन सके पक्कै पनि जिल्लाको खेलकुदमा ठेवा पुग्ने विश्वास व्यक्त गरे ।
वरिष्ठ कराँते प्रशिक्षक उमेश गुरुङले जिल्लामा क्रिकेट र फुटबल खेलका गतिबिधि भइरहेको बेला कराँते खेल भने ओझेलमा पर्दै गएकोले यस प्रतियोगिताबाट कराँते खेलप्रति रुची बढाउन आयोजना गरिएको बताए ।
विद्यालयका संस्थापक रामकुमार चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा मधेश प्रदेश कराँते संघका सचिव कसम लादन, जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राजकुमार परियार, वरिष्ठ कराँते प्रशिक्षक संजय जोशी, जिल्ला कराँते महासंघ सप्तरीका सचिव सुदिप कुवँर, विद्यालयका प्रधानाध्यापक इन्द्रिका चौधरी लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रमपछि विभिन्न तौल समूहमा खेलाडीहरुबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा छनौट भएका दुई दर्जन खेलाडीलाई आगामी दिनमा हुने प्रदेश स्तरिय कराँते प्रतियोगितामा सहभागि गराउने उद्देश्य रहेको वरिष्ठ कराँते प्रशिक्षक उमेश गुरुङले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ