News Category 2081/01/31
प्रथम जिल्ला स्तरिय कराँते प्रतियोगिता सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
सप्तरी डोजो संघको समन्वयमा सोमबार राजविराजमा प्रथम जिल्ला स्तरिय कराँते प्रतियोगिता सम्पन्न भएको छ ।
युनिभर्सल एकेडेमी राजविराज ८ को आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि पूर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका पूर्व निर्देशक एवं विद्यालयका अध्यक्ष बिरेन्द्र प्रसाद चौधरीले यस्ता खेलकुद प्रतियोगिताले बालबालिकाहरुको शारिरीक र मानसिक विकासका लागि उपलब्धीमूलक हुने बताए ।
उनले आफ्नो विद्यालयमा हप्ताको एक दिने कराँते कक्षा संचालन गरिने जानकारी दिँदै जिल्लामै पहिलो पटक यस्तो प्रतियोगिता युनभिर्सल एकेडेमीले संचालन गर्न पाएकोमा गर्व महसुस भएको उल्लेख गरे ।
जिल्ला खेलकुद विकास समिति सप्तरीका प्रमुख दिनेश भुजेलले जिल्लामा खेलकुदको विकासमा सरोकारवाला निकाय गम्भिर नरहेको आरोप लगाए । उनले जिल्ला स्तरिय कराँते खेल निजि विद्यालयले संचालन गर्नु भनेको खेलकुदप्रतिको लगाव हो भन्दै अन्य खेलहरु पनि निजिस्तरबाटै संचालन हुन सके पक्कै पनि जिल्लाको खेलकुदमा ठेवा पुग्ने विश्वास व्यक्त गरे ।
वरिष्ठ कराँते प्रशिक्षक उमेश गुरुङले जिल्लामा क्रिकेट र फुटबल खेलका गतिबिधि भइरहेको बेला कराँते खेल भने ओझेलमा पर्दै गएकोले यस प्रतियोगिताबाट कराँते खेलप्रति रुची बढाउन आयोजना गरिएको बताए ।
विद्यालयका संस्थापक रामकुमार चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा मधेश प्रदेश कराँते संघका सचिव कसम लादन, जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राजकुमार परियार, वरिष्ठ कराँते प्रशिक्षक संजय जोशी, जिल्ला कराँते महासंघ सप्तरीका सचिव सुदिप कुवँर, विद्यालयका प्रधानाध्यापक इन्द्रिका चौधरी लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रमपछि विभिन्न तौल समूहमा खेलाडीहरुबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा छनौट भएका दुई दर्जन खेलाडीलाई आगामी दिनमा हुने प्रदेश स्तरिय कराँते प्रतियोगितामा सहभागि गराउने उद्देश्य रहेको वरिष्ठ कराँते प्रशिक्षक उमेश गुरुङले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ