News Category 2081/02/01
एपिएफलाई हराउँदै नेपाल पुलिस बन्यो कबड्ी च्याम्पियन
दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
राजविराजमा संचालित राष्ट्रिय महिला कबड्ी प्रतियोगितामा नेपाल पुलिसले प्रथम स्थान हासिल गरेको छ ।
मंगलबार सम्पन्न फइनल खेलमा नेपाल पुलिसले एपिएफलाई २१ का बिरुद्ध २४ अंकको अन्तरले हराउँदै प्रथम स्थान हासिल गरेको हो ।
प्रतियोगितामा बिजेता टिम नेपाल पुलिसले नगद १ लाख १ हजारसँगै ट्रफी र प्रमाणपत्र तथा उपबिजेता एपिएफ टिमले नगद ५१ हजार तथा तेश्रो स्थान प्राप्त गर्ने नेपाली सेना र लुम्बिनी प्रदेशले जनही २५÷२५ हजार नगदसहित मेडल र कदरपत्र प्राप्त गरे ।
जिल्ला कबड्ी संघ सप्तरीको आयोजना, अखिल नेपाल कबड्ी संघको समन्वय तथा राजविराज नगरपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकाको सहयोगमा बैशाख २९ देखी सुरु भएको प्रतियोगितामा नेपाली सेना र लुम्बिनी प्रदेश तेश्रो स्थान प्राप्त गरे ।
तीन दिनसम्म चलेको प्रतियोगितामा कर्णाली बाहेक ६ प्रदेश तथा तीन विभागिय टोली गरि कुल ९ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिता समाप्तीपछि जिल्ला कबड्ी संघका अध्यक्ष चन्द्रशेखर चौधरीको अध्यक्षतामा आयोजित पुरस्कार बितरण समारोहमा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, जिल्ला समन्वय समितिका सभापति शिवनारायण साह, अखिल नेपाल कबड्ी संघका महासचिव अरबिन्द झा लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए ।
प्रतियोगिता समापनका अवसरमा पत्रकार महासंघ सप्तरी र आयोजक समितिबीच भएको मैत्रीपूर्ण कबड्ी प्रतियोगिता बराबरीमा टुंिगएको छ । पत्रकार महासंघ र आयोजक समिति दुबै टिमको निर्धारित समयसम्म ९÷९ अंकमा हुँदा खेल बराबरीमा सकिएको जिल्ला कबड्ी संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ