News Category 2070/03/31
मधेशी नेताहरुलाई भौतिक कार्वाहीको चेतावनी
दैनिक संवाददाता
राजविराज, ३० असार ।
मधेशमा खुल्ला राजनीति गर्ने नेताहरुलाई मधेशकै एक सशस्त्र समूहले भौतिक कार्वाहीको धम्की दिएका छन् । राजन मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले मधेस केन्दीत दलहरुका सात शीर्ष नेता तथा तिनका जिल्ला र केन्द्रीयस्तरका नेतामाथि भौतिक कारबाही गर्ने चेतावनी दिएको हो ।
मोर्चाले मधेस केन्द्रीत दलहरुलाई दश दिनभित्र मधेसबाट पार्टी कार्यालय हटाउन तथा राजनीतिक गतिविधिमाथि रोक लगाउन चेतावनीसहित भौतिक कार्वाहीको चेतावनी दिएको हो । मोर्चाले प्रेस बिज्ञप्ती जारी गरी चेतावीलाई वेवास्त गरी पार्टी कार्यालय नहटाइए कार्वाही गर्ने जनाएको छ ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, तमलोपा नेपालका अध्यक्ष महेन्द्र राय यादव तथा संघीय सद्भावनाका अध्यक्ष अनिल झासँगै उनीहरुको नेतृत्वमा रहेका पार्टीहरुका जिल्ला तथा केन्द्रीय नेताहरुमाथि भौतिक कारबाही गर्ने चेतावनी मोर्चाले दिएको छ । विज्ञप्तीमा आगामी साउन ५ गतेदेखि मसान्तसम्ममा मधेस केन्द्रीत यी दलहरुलाई मधेसबाट विस्थापित गराउने दाबी समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ