News Category 2081/02/04
मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति
दैनिक समाचारदाता
राजविराज, ४ जेठ ।
मधेश प्रदेशमा नयाँ सरकार गठनबारे पाँच दलबीच शुक्रबार सहमति भएको छ ।
नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा र नेकपा एकिकृत समाजवादीबीच नयाँ सरकार गठनबारे सहमति भएको हो ।
यसअघि एमाले र माओवादीले जसपा नेपालको नेतृत्वमा रहेको मुख्यमन्त्री सरोज यादवलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो ।
मधेश सरकार अल्पमतमा परेसंगै नयाँ सरकार गठनका लागि आन्तरिक छलफलमा रहेका पाँच दलमा सहमति बनेपछि जनमत पार्टीको नेतृत्वमा सरकार गठन हुने तय भएको छ ।
जनमतका संसदीय दलका नेता महेश प्रसाद यादव मुख्यमन्त्री बन्ने पार्टी स्रोतले जनाएको छ ।
‘शुक्रवार मधेश प्रदेशमा नयाँ सरकार गठनबारे एमाले, जनमत, माओवादी, लोसपा र नेकपा एसबीच जनमत पार्टीबाट महेश प्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमती बनेको छ ।’ स्रोतले भने ।
स्रोतका अनुसार “शनिवार मधेश प्रदेशका पाँच दलका नेताहरु बैठक गरि सरकार गठनबारे औपचारिक छलफल गरेर बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरिने तयारी भईरहेको छ ।”
यता अल्पमतमा रहेका मुख्यमन्त्री सरोज यादवले पनि आफ्नो सरकार जोगाउन प्रयास गरिरहे पनि हालसम्म बहुमत पु¥याउन सकिने छाँटकाँछ भने देखिएको छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ