News Category 2071/10/16
दुई छुट्टाछुट्टै गविसमा आगलागि हुँदा लाखौंको क्षति
दैनिक संवाददाता
राजविराज, १५ माघ ।
सप्तरीको दुई छुट्टाछुट्टै गाविसमा आगलागी हुदाँ लाखौको क्षति भएको छ ।
जिल्लाको २ न.योगिनिया गाविस वडा न. ४ मा आगलागी हुदाँ चार वटा घर जलेर करिब ५ लाखको क्षति भएको छ ।
स्थानीय बंशी रजकको गाईको गोठमा बालिएको घुरबाट अचानक आगलागी हुँदा रजकको एउटा घर तथा घरमा रहेका सम्पुर्ण सरसमान र एउटा पारो समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही ठाउँका खतुनी मन्सुरीको दुई घर तथा छिमेकी डम्बर शर्माको एक घर गरी चार वटा घर तथा घरमा रहेको नगद, गरगहना, लत्ताकपडा, धान, चामल, गहुँ समेत जलेर नष्ट भई सो मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता एवं डिएसपी केदार ढकालले जानकारी दिनुभयो ।
यसैगरी जिल्लाको रम्पुरा मल्हनिया गाविस ८ मा आगलागी हुदाँ एउटा घर जलेर करिब एक लाख मुल्य बराबरको क्षति भएको छ । स्थानीय कमलेश्वर मण्डलको गाईको गोठमा बालिएको घुरबाट अचानक आगलागी हुदाँ मण्डलको एउटा घर जलेर नष्ट भई सो मुल्य बराबरको क्षति भएको प्रहरी चौकी रम्पुरा मल्हनियाका असय मदन बहादुर यादवले जानकारी दिनुभयो ।
आगलागी स्थानीयबासी, प्रहरी र राजविराजबाट गएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ