News Category 2081/02/18
सर्वाधिक पुरस्कार राशी भएको मेयरकप प्रिमियर लिग सुरु, छिन्नमस्ताको विजयी सुरुवात
दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
जिल्ला कै सर्वाधिक पुरस्कार राशी भएको मेयरकप सप्तरी प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता शुक्रवारदेखि राजविराजमा सुरु भएको छ ।
प्रतियोगिताको छैठो संस्करण स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय खेल मैदानमा सुरु भएको हो ।
प्रतियोगिताको राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत परवीनले ब्याटिङ, कंचनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले बलिङ तथा तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादवले विकेट किपिङ गर्दै उद्घाटन गरेका छन ।
प्रतियोगितको उद्घाटन खेलमा छिन्नमस्ता लायन्सले कंचनरुप राइनोजलाई २२ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । टस हारेर ब्याटिङ गर्ने अवसर पाएको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै १ सय ८८ रन जोडेको थियो । जसमा सुमित नेवारले सर्वाधिक ४२, भिम सार्की ३०, राज बर्मा २६ र विशाल पटेलले १९ रनको योगदान दिए । बलिङतर्फ कंचनरुप राईनोजका उमेश चौधरी र राहुल मण्डलले ३÷३ तथा रासिद खान र दिनेश अधिकारीले १÷१ विकेट हात पारे ।
एक सय ८९ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको कंचनरुप राईनोज १९.४ ओभरमा १ सय ६५ रन मै समेटिएको थियो । कंचनरुपका लागी रासिद खानले सर्वाधिक ४७ दिनेश अधिकारीले ३१ र चित्र बहादुुर विष्टले २३ रनको योगदान दिए । बलिङतर्फ छिन्नमस्ताका विशाल पटेल सर्वाधिक ४ विकेट लिए । यस्तै एमडी सोहेलले ३ र सुमित नेवारले २ विकेट हात पारे । उक्त खेलको म्यान अफ द म्याच छिन्नमस्ता लायन्सका विशाल पटेल घोषित भए ।
प्रतियोगितको विजेता टिमले ट्रफीसहित ३ लाख र उविजेताले १ लाख ५० हजार रुपैया नगद पुरस्कार पाउने छन् ।
राजविराज नगरपालिकाको सहयोग, नेपाल क्रिकेट संघ (क्यान) र मधेश प्रदेश क्रिकेट संघको समन्वय तथा क्रिकेट संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा अन्य केही पालिका र संघ संस्थाले समेत सहयोग गरेको क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए ।
जेठ २८ सम्म चल्ने प्रतियोगितमा राजविराज राजदेवी ११, बलानविहुल सुपर किङ्स, तिरहुत टाइगर्स, सनराईज एलेवन तिलाठी कोइलाडी, कंचनरुप राईनोज र छिन्नमस्ता लायन्स गरी कुल ६ टिमको सहभागिता रहेको आयोजक समितीका सचिव चन्दन यादवले जानकारी दिए ।
यस अघि क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठको अध्यक्षतमा आयोजित उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी किरण थापा, राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत परवीन, कंचनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ता, तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादव, बलानविहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ