News Category 2081/02/20
सप्तरी प्रिमियर लिगमा छिन्नमस्ता र कंचनरुप बिजयी
दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
राजबिराजमा संचालित सप्तरी प्रिमियर लिग छैठो सिजन मेयर कपको तेस्रो दिनको पहिलो खेलमा छिन्नमस्ता लायन्स र दोश्रो खेलमा कंचनरुप बिजयी भएको छ ।
आईतवार सम्पन्न पहलिो खेलमा छिन्नमस्ता लायन्सले राजबिराज राजदेबी ११ लाई ६ बिकेटले पराजित गरेको हो । राजदेबीले दिएको ६८ झिनो लक्ष्य पछ्याउने क्रममा छिन्मस्ता लायन्सले ६ बिकेट गुमाएर उक्त लक्ष्य भेटाएको हो ।
टस जितेर राजबिराजले १६ ओभर ३ बलमा १० बिकेट गुमाएर ६८ रन मात्र बनाउन सकेको थिए । जसमा बिजय यादब १६, दिलिपनाथ १४ र श्रवण यादबले १० रन जोडेका थिए । बलिङतर्फ छिन्नमस्ताका गुणानन्द राय ३ बिकेट र विशाल पटेल, भिम सार्की, मोहम्मद सोहिलले समान्य २÷२ बिकेट लिएका थिए ।
प्रतिउत्तरमा छिन्नमस्ता लायन्सले ९ ओभर ५ बलमा ४ बिकेट गुमाएर बिजयी लक्ष्य प्राप्त गरेको थियो । जसमा उत्कृष्ट ब्याटिंग गर्दै मयन यादबले ४२ रन बनाउदै अबिजित खेलेका थिए भने सुमित नेवारले ११ रन जोडेका थिए । बलिङतर्फ राजबिराजका रिजन ढकाल २ बिकेट तथा श्रवण यादब र जितेन्द्र यादबले १÷१ बिकेट लिएका थिए । खेलको प्लेयर अफ द म्याच गुणान्नद राय घोषित भएका थिए भने गेम चेन्जर विशाल पटेल भए ।
यस्तै आइतबारै सम्पन्न दोस्रो खेलमा कंचनरूपले २१ रनअन्तरले बलानबिहुललाई पराजित गरेको छ । कंचनरुपले दिएको १ सय ५३ रनको लक्ष्य बलानले निर्धारित २० ओभरमा ९ बिकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सकेको थियो ।
टस जितेर कंचनरूपले २० ओभरमा ६ बिकेट गुमाएर १ सय ५३ रनको योगफल खडा गरेको थियो । जसमा राशिद खानले ३९ रन बनाउदै अबिजित खेलका थिए । अर्का ब्याटर राहुल मण्डल ३७, राकेश कामैत २९ र महानन्द यादबले १९ रन बनाउदै अविजित रहे । बलिङतर्फ बलानका सन्तोष कार्कीले ५ बिकेट र सहाव आलमले १ बिकेट हात पारे ।
प्रतिउत्तरमा बलानले २० ओभरमा ९ बिकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । जसमा बबु गोहित्याले ५८ रन तथा सन्तोष कार्किले १२ रन बनाएका थिए । बलिङतर्फ कंचनरूपका दिनेश अधिकारी ४, राहुल मण्डल ३ तथा चित्रबहादुर बिष्ट र अरनिको प्रसाद यादबले १÷१ बिकेट लिएका थिए । खेलको प्लेयर अफ द म्याच राहुल मण्डल र गेम चेन्जर दिनेश अधिकारी घोषित भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ