News Category 2071/10/17
जिल्लालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न सम्बन्धित निकाय सक्रिय
शुभ नारायण यादव
राजविराज, १६ माघ ।
नेपाल सरकारले सन् २०१६ सम्ममा मुलुकका प्रत्येक गाविसलाई खुल्ला दिशा मुक्त बनाउँने लक्ष्य अनुरुप अहिले सप्तरीमा पनि चर्पी निमार्ण कार्य तिव्र रुपमा भईरहेको छ ।
सरसफाईको ७५ औ स्थानमा रहेको सप्तरीमा अहिले “जकर घरमे चर्पी नहि ओकर घर में शादी नई” भन्ने नारालाई आत्मसाथ गर्दै घर घरमा चर्पी निमार्ण कार्य तिव्र रुपमा भईरहेको छ ।
यसै क्रममा राजविराज नगरपालिकाकाले पनि सन् २०१५ सम्ममा नगरपालिकालाई पुर्ण रुपमा खुल्ला दिशा मुक्त क्षेत्र बनाउँन कम्मर कसेर लागिपरेको छ ।
राजविराज नगरपालिकाको वडा न. ४ र ५ लाई माघ भित्रै खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने तथा सन २०१५ सम्ममा राजविराज नगरपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र बनाउँने लक्ष्य रहेको नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गको भनाई छ ।
त्यस्तै गत वर्ष सप्तरीको कंचनपुर गाविसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिसकिएको छ भने केही दिन अघि मात्र जिल्लाको हरिपुर गाविसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको छ । यसअघि बिषहरिया गाविसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको थियो ।
पहिलो चरणको कार्यक्रम अन्तर्गत जिल्लाको पिप्रा पश्चिम गाविसलाई माघ मसान्त भित्र र खोजपुरलाई फागुन मसान्तभित्र खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने योजना रहेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख ई.लोकेन्द्र यादवले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सन् २०१६ सम्ममा जिल्लालाई पुर्ण खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य अनुरुप घर घरमा चर्पी निमार्ण कार्य तिव्र रुपमा भईरहेको छ ।” त्यस्तै यस आर्थिक वर्षमा जिल्लाको पत्थरगाढा, अर्नाहा, बेल्ही चपेना, मल्हनवा, पश्चिम पिप्रा, फर्सैठ, बरही बिरपुर, ईटहरी बिष्णुपुर, खोजपुर, कुशहा, लालापट्टी, कोचाबखारी, मलेठ, बोरिया, नर्घो, रायपुर लगायत करिब ६० वटा गाविसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य रहेको तथा बाँकी रहेका गाविसहरुलाई अर्को आर्थिक वर्षमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने कार्यालय प्रमुख यादवकले बताउनुभयो ।
त्यस्तै जिल्लाकै जण्डौल गाविसलाई माघ मसान्तभित्रै दोश्रो चरणको कार्यक्रम अन्तर्गत खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य रहेको प्रमुख ई. यादवको कथन छ ।
जण्डौल गाविसमा अहिले ९८ प्रतिशत घरमा चर्पी रहेको तथा बाँकी रहेका घरमा चर्पी निमार्णको कार्य तिव्र रुपमा भईरहेको छ भने सुकुम्बासीहरुको घर भित्र समेत शौचालय बनाउँने कार्य अन्तिम चरणमा रहेको छ ।
सप्तरीलाई सन् २०१६ सम्ममा पुर्ण रुपमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नका लागि यहाँका सम्पुर्ण सरोकारबाला निकायहरुको सहयोगको आवश्यकता रहेको ई.यादवको भनाई छ । उहाँले भन्नुभयो, “यहाँका सर्वसाधारणहरुको दिमागमा चर्पी निमार्ण भएपछि मात्र जिल्लालाई पुर्ण रुपमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न सकिन्छ ।” त्यसका लागि सम्पुर्ण जिल्लाबासी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी, अधिकारकर्मी, युवा, विद्यार्थी लगायत सरोकारबाला पक्ष एक जुट भएर सहयोग गरेमा मात्र सन् २०१६ सम्ममा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य पुरा हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ