News Category 2081/02/20
अग्निपीडितसँग गरिएको प्रतिबद्धता कहिले पुरा हुने !
सप्तरीको महादेवा गाउँपालिका १ चिम्टिका अग्निपीडितहरुलाई प्रदेश सरकारले घर बनाउने गरेको प्रतिबद्धता अझै पुरा हुन सकेको छैन् । गत बैशाख १८ गते भिषण आगलागि हुँदा त्यहा ६८ घर जलेर नष्ट भएको थियो । जसकारण उनीहरु घरबारबिहीन अवस्था अझै रहेका छन् । प्रदेशका मुख्यमन्त्री आफै स्थलगत निरिक्षण गरेर सबै अग्निपीडितलाई प्रदेश सरकारले नै घर बनाइदिने प्रतिबद्धता जनाएका थिए । प्रतिबद्धता जनाएको एक महिना बढी समय भइसक्यो तर घर निर्माणको कुनै सुरसार छैन् ।
प्रदेश सरकारले यसरी जनतासामु आफैले गरेको प्रतिबद्धता एउटा चुनावी प्रतिबद्धता जस्तै भएको छ । विगत एक महिनादेखी पीडितहरु जसोतसो गरेर हावाहुरी, चर्को घाम तथा वर्षाको समयमा दिन काट्न बाध्य छन् । विभिन्न संघसंस्थाले उनीहरुका लागि खाद्यान्न, विभिन्न घरासयी सामान, त्रिपाल लगायतका बस्तु जोहो गरेकै कारण अहिले उनीहरु थोरै भएपनि बस्ने लायकको स्थान बनाएका छन् । यस्तै खानपानी तथा शौचालय समेत एक गैससले मर्मत सम्भार गरेर सामाजिक उत्तरदायित्व बहन गरेको छ । अहिले पनि उनीहरुको सहयोगका लागि सहयोगि हातहरु बढ्दै गएका छन् । उनीहरु त्रिपाल र बासको मद्दतले अस्थायी रुपमा घर निर्माण गरेर जसोतसो गुजारा चलाइरहेका छन् ।
प्रदेशका मुख्यमन्त्री आफैले गरेको प्रतिबद्धता कार्यान्वयन नहुनाले जनता सरकारबिहीन भएका छन् । यता स्थानीय पालिका समेतले घर निर्माणका लागि कुनै पहल गरेको देखिदैन । तसर्थ प्रदेश सरकारले उनीहरुसमक्ष गरेको प्रतिबद्धता पुरा गरेर जनतासमक्ष आफ्नो उपस्थिति रहेको महसुस गराउन आवश्यक छ । अनिमात्र जनताले सरकारको अनुभुती महसुस गर्न सक्छन् । होइन भने यो पनि एउटा परम्परागत राजनीतिक स्टन्ट मात्र हो भन्ने बुझ्ने कुरामा दुईमत नहोला ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ