News Category 2081/02/22
एन्फा सप्तरी लिग फुटबल प्रतियोगिता सुरु
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
सप्तरीको सप्तकोशी नगरपालिकामा मंगलबारदेखी एन्फा सप्तरी लिग २०८१ फुटबल प्रतियोगिता सुरु भएको छ ।
ओद्राहास्थित नन्द उच्च माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगितको मधेश प्रदेश फुटवल संघका अध्यक्ष नेपाल कार्कीले उदघाटन गरे ।
उद्घाटन खेलमा डाँफे युवा क्लब फत्तेपुरले युवा खेलकुद मञ्च शम्भुनाथलाई ५–१ को फराकिलो गोल अन्तरले हराएको छ ।
यस अघि आयोजक जिल्ला फुटवल संघ सप्तरीका अध्यक्ष राजकुमार परियारको अध्यक्षतामा आयोजित उदघाटन समारोहमा प्रमुख अतिथी मधेश प्रदेश फुटवल संघका अध्यक्ष नेपाल कार्की, सप्तकोशी नगरपालिकाका मेयर कृष्ण ढकाल, उपमेयर रिता चौधरी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल लगायतले शुभकामना दिएका थिए ।
अखिल नेपाल फुटवल संघ (एन्फा) को सहयोग तथा जिल्ला फुटवल संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगिता जेठ ३० गते सम्म चल्ने छ । प्रतियोगितामा जिल्लाका कुल ९ टिमको सहभागिता रहेको संघका महासचिव रमेश श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत बुधवार हिरोज स्पोटिङ्ग क्लब बरमझिया र न्यू त्रियुगा स्र्पोट क्लब फत्तेपुर विच हुने आयोजक जिल्ला फुटवल संघ सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ