News Category 2071/10/19
उपयुक्त समयमा संविधानसभाबाटै संविधान आउछ ः शिक्षा मन्त्रि यादव
दैनिक संवाददाता
राजविराज, १८ माघ ।
शिक्षा मन्त्रि चित्रलेखा यादवले संविधान देशलाई चाहिएको भन्दै उपयुक्त समयमै संविधान आउने विश्वास व्यक्त गर्नुभएको छ ।
आइतबार सप्तरी सदरमुकाम राजविराजमा आयोजित सघन साक्षर सप्तरी अभियान २०७१ अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन पश्चात् संचारकर्मीहरुलाई दिनुभएको छोटो प्रतिक्रियामा उहाँले उपयुक्त समयमा संसदबाटै संविधान आउने बताउनुभयो ।
यसअघि मन्त्रि यादवले अभियानलाई सम्बोधन गर्दै नेपाल सरकारको लक्ष्य अनुरुप मुलुकलाई सन् २०१५ सम्ममा पूर्ण साक्षर बनाउने कार्यलाई तिब्रता दिइरहेको जानकारी दिनुभयो ।
यस अभियानलाई सफल पार्नका लागि सम्पूर्ण सरोकारवाला, शिक्षक, अभिभावकहरुलाई आग्रह गर्दै मन्त्रि यादवले छोरा जस्तै छोरीहरुलाई पनि विद्यालय भर्ना गर्न सम्पूर्ण अभिभावकहरुलाई आग्रह समेत गर्नुभयो ।
हाल तराईका ८ जिल्लामा शैक्षिक गतिविधी अत्यन्त कमजोर रहेको भन्दै यसलाई सुधारउन्मूख बनाउन तर्फ सरोकारवालाहरुले महिनेत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले विद्यालयको कामकारवाहीमा व्यवस्थापन समितिको भूमिका अत्यन्त सकारात्मक रहेको भन्दै प्रशंसा समेत गर्नुभयो ।
जिल्ला शिक्षा परिषद्का अध्यक्ष स्थानिय विकास अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव, जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराई, शिक्षक यूनियन सप्तरीका अध्यक्ष फुलेश्वर मण्डल, शिक्षा उपनिर्देशक प्रेम भट्टराई, बाबुराम भट्टराई, नेपाल पत्रकार महासंघका सप्तरी अध्यक्ष प्रकाश खतिवडा लगायतले शिक्षाको विकास बारे प्रकाश पार्नु भएको थियो ।
सोही कार्यक्रममा मदरसा समन्वय समिति सप्तरीले शिक्षा मन्त्रालयले मन्त्रि स्तरीय निर्णयबाट धार्मिक विद्यालयलाई अनुमति मठ मन्दिर, गुम्बा विहार, मस्जिद लगायतका धार्मिक संस्थाबाट संचालन भएकालाई मात्र अनुमति दिईने निर्णयको सम्बन्धमा शिक्षा मन्त्रिलाई ज्ञापन पत्र समेत दिएको थियो ।
सो कार्यक्रमको जिल्ला स्तरिय ३० दलिय मोर्चाले बहिष्कार समेत गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ