News Category 2071/10/19
सशस्त्र प्रहरीद्वारा तीन थान हतियार बरामद
दैनिक संवाददाता
राजविराज, १८ माघ ।
सप्तरीको बनैनियाँ गाविस ६ स्थित कमलपुरबाट शनिबारराति सशस्त्र प्रहरीले तीन थान हतियार र सोमा प्रयोग हुने ५ राउण्ड गोली बरामद गरेको छ ।
दैनिक उपभोग्य सामाग्रि भित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा सादा पोशाकमा रहेका सशस्त्र प्रहरीका असई सरोज यादवको टोलीले सो हतियारहरु बरामद गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजका प्रहरी नायब उपरिक्षक निरकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
बरामद गरिएको हतियारहरुमा दुई वटा नलकटुवा, एक थान रिभल्वर र पाँच थान सोमा प्रयोग हुने गोली रहेको प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिनुभयो ।
सादा पोशाकका प्रहरीलाई देख्ने बित्तिकै मोटरसाइकलमा रहेका दुईजनाले चिनि, खुर्सानी, खाने तेलसहित रहेको झोला फ्याकेर भारतको बिहार राज्य अन्तरगत सुबा टोलतर्फ भागेको उहाँले बताउनुभयो ।
केही समयदेखी सप्तरीमा अवैध रुपमा हतियारहरु भित्रिने सूचना पाएपछि सशस्त्र प्रहरीले भारतीय नाकाहरुमा सादा पोसाकका प्रहरीहरु खटाइएको उहाँले जानकारी दिनुभयो ।
फ्याकिएको झेला चेकचाज गर्दा त्यसमा हतियार फेला परेपछि सो क्षेत्रलाई घेरा हालि व्यापक चेकजाच गरेको उहाँले बताउनुभयो । यसअघि सशस्त्र प्रहरी सप्तरीले ७ थान हतियारहरु बरामद गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ