News Category 2081/03/31
महासंघमा लगाइएको ताला खोलिए
दैनिक समाचारदाता
राजविराज, ३० असार ।
नेपाल प्रेस युनियन सप्तरीले नेपाल पत्रकार महासंघ सप्तरी शाखामा लगाएको ताला आइतबार खोलेको छ ।
सदस्यता वितरण विधिसम्मत नभएको विरोधमा प्रेस युनियनले असार १४ गते महासंघको केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला शाखा कार्यालयमा ताला लगाएको थियो ।
तालाबन्दीका कारण असार १५ गते केन्द्रीय निर्वाचन समितिले सोही दिन तय उम्मेदवारी दर्तासहितका निर्वाचन प्रक्रिया स्थगित भएको थियो । असार २२ गतेका लागि तय गरिएको निर्वाचन अवरुद्ध भएको थियो । त्यसअघि जेठ २६ का लागि तय गरिएको निर्वाचन तालिका पनि सदस्यता विवादकै कारण अवरुद्ध भएको थियो ।
असार २९ गते शनिबार महासंघ अध्यक्ष विपुल पोखरेल र युनियन अध्यक्ष लम्सालबिच भएको लिखित सहमति बमोजिम उक्त ताला खोलिएको छ । महासंघ र युनियनबिच शनिवार महासंघको निर्वाचन प्रक्रिया अविलम्ब अगाडि बढाउन भन्दै दुई बुँदे सहमति भएको थियो । जसमा मतदाता नामावलीमा प्रक्रियामा आएर पनि छुट्न गएका सक्रिय पत्रकारहरूको हकमा युनियनले देखाएको चासो र मागलाई सम्बोधन गर्ने र युनियनले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने उल्लेख छ ।
महासंघले प्रक्रियामा आएर छुट्न गएका सक्रिय पत्रकारहरूको नाम समावेश गरी निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ