News Category 2083/02/01

राजविराज नगरपालिका कार्यालयको  योजना शाखाबाट ल्यापटप र  आवश्यक कागजात चोरी

दैनिक समाचारदाता

राजविराज नगरपालिका कार्यालयको  योजना शाखाबाट ल्यापटप र  आवश्यक कागजात चोरी

दैनिक समाचारदाता
राजविराज, १ जेठ । 

    राजविराज नगरपालिका कार्यालयबाट बिहीबार राती योजना शाखाबाट एक थान ल्यापटप र आवश्यक कागजात चोरी भएको छ । 
    सो कार्यालयबाट एक थान ल्यापट र केही आवश्यक कागजात राखिएको फायलहरु चोरी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    पालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनले कार्यालयको योजना शाखाको ढोका र त्यस पश्चात दराज फोडेर एक थान ल्यापटप तथा केही फायलहरु चोरी भएको जानकारी दिइन् । शुक्रबार विहान ९ बजेतिर कर्मचारीहरु कार्यालय पुग्दा मात्र चोरी भएको थाहा पाएको उनको भनाई छ । 
    नगरपालिका कार्यालय परिसरमा जडान गरिएका सिसि क्यामरा विग्रेका कारण चोरको पहिचान गर्न समस्या भइरहेको यद्यपी नगरका अन्य स्थानमा जडान गरिएका सिसि टिभीको फुटेज हेर्ने काम भईरहेको प्रहरीको भनाई छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बर पुरीले घट्नाको खबर पाएपछी एक प्रहरी निरीक्षकको कमाण्डमा पुगेको टोली अनुसन्धान गरिरहेको जनाएका छन् । 
    एकसाता यता राजविराज ५ निवासी कानुन व्यवसायी मदनमोहन चौधरी, राजविराज ७ मा रहेको अनुपदास धर्मशाला तथा राजविराज ७ स्थित दुईवटा पसलमा चोरीको घट्ना भईसकेको छ । 
    यसैबीच विभिन्न चोरी घट्नामा संलग्न रहेको आरोपमा बिहीबार राती एक जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट