News Category 2081/03/31
मिटर ब्याजीलाई कारवाहीको माग गर्दै अदालत बाहिर प्रदर्शन र धर्ना

दैनिक समाचारदाता
राजविराज, ३० असार ।
मिटर व्याज पीडित संघर्ष समितिले आइतबार सप्तरी जिल्ला अदालत अगाडी प्रदर्शन गर्दै धर्ना दिएका छन् ।
मिटर व्याज पीडित संघर्ष समिति सप्तरीका अध्यक्ष मो.तैयवको अगुवाईमा प्रहरीद्वारा पक्राउ परेका सप्तरीका मिटर व्याजी रामदेव साहका श्रीमती शिव कुमारी साहलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन र अदालत अगाडी धर्ना दिइएको हो ।
सप्तरीको खडक नगरपालिका निवासी मिटर व्याजी रामदेव साहका श्रीमती शिव कुमारी साहलाई कडा सजाय दे, रामदेव साहको परिवारले हड्पेको जग्गा निसर्त फिर्ता गर, रामदेव साहलाई पक्राउ गरी कारबाही गर लगायतका नारा उल्लेखीत प्लेकार्डसहित नगर परिक्रमा पश्चात् पीडितहरुले विहान १० बजेदेखि जिल्ला अदालत अगाडि शान्तिपुर्ण प्रदर्शन सहित धर्ना दिएका छन् ।
मिटर ब्याजी रामदेव साह हालसम्म फरार छन् । २०७९ साल जेष्ठ २६ मा साहका छोरा नन्दकिशोर धरानबाट र २८ गते छोरी अनुराधा पक्राउ परेकी थिइन । ती दुबै जना मध्ये छोरी अनुराधा विराटनगर र छोरा नन्दकिशोर पूर्पक्षका लागि अहिले राजविराज कारागारमा छन् । पछिल्लोपटक उनका श्रीमती शिवकुमारीलाई पनि प्रहरीले धरानबाट पक्राउ गरेको छ ।
धरानबाट असार २६ गते पक्राउ परेकी साहको जिल्ला अदालतमा आइतबार थुनछेक बहस चलिरहदा पीडितहरुद्वारा बाहिर धर्ना र प्रदर्शन गरिएको हो । पक्राउ परेका साहमाथी पनि कडा कारवाही हुनुपर्ने आफूहरुको मुख्य माग रहेको संघर्ष समितिका अध्यक्ष मो. तैयवले बताए ।
रामदेव साह र उनको परिवार विरुद्ध २०७८ सालमा ठगी अपराधिक तथा बिश्वासघात मुद्दा ईलाका प्रहरी कार्यालय कल्याणपुरमा दर्ता भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ