News Category 2081/03/31
सडक निर्माणको माग गर्दै गाउँपालिका अध्यक्ष बसे धर्नामा
दैनिक समाचारदाता
राजविराज, ३० असार ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधिहरु जिर्ण सडकको स्तरोन्नतीको माग गर्दै आइतबार सिरहाको लहानस्थित सडक डिभिजन कार्यालयमा धर्नामा बसेका छन् ।
प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरसम्म पुग्ने जिर्ण सडकको स्तरोन्नती गर्न सडक निर्माण कम्पनीले निकै ढिलाई गरेको भन्दै पालिकाका अध्यक्ष विद्यानन्द चौधरीको अगुवाईमा जनप्रतिनिधिको एक टोली लहानस्थित सडक डिभिजन कार्यालय पुगेर धर्ना बसेका हुन् ।
जिर्ण सडकको स्तरोन्नतीको नाममा झण्र्ड दुई वर्षदेखी सडक खनेर अलपत्र पार्दा सवारीसाधन आवतजावतका साथै पैदलयात्री समेतलाई समस्या भएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष चौधरीको भनाई छ । रुपनीदेखी राजविराज हुँदै छिन्नमस्ता सखडा बजार र सीमावर्ती भारतको न्योर बोर्डरसम्म निर्माण भइरहेको सडक तोकिएको समयमा निर्माण नभएपछि दबाबका लागि आन्दोलनमा उत्रनु परेको उनले बताए ।
लामो समयदेखी सडक खनेर छोड्दा र खाल्डाखुल्डी भएर आवतजावतमा समस्या भएको, प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरसम्म स्वदेशी र विदेशी भक्तजन आउन समस्या भएको तथा दुर्घटनाको जोखिम समेत भएको भन्दै यसअघि पनि पटक पटक ध्यानाकर्षण गराउँदा कुनै सुनुवाई नभएकाले बाध्य भई धर्नामा बस्नु परेको उनले बताए ।
राजविराज–छिन्नमस्ता सडकको तीन प्याकेजमा निर्माण कार्य भइरहेको र सम्झौता अनुसार ठेकेदार कम्पनीले काम नगरेको भन्दै पालिकाका जनप्रतिनिधिहरुले ठेकेदार कम्पनिलाई कारवाही गर्न माग समेत गरेका छन् ।
चार बुँदे माग राखी सुरु गरिएको धर्नामा गाउँपालिकाका अध्यक्षसहित वडा अध्यक्ष र स्थानीयवासी गरि दुई दर्जनभन्दा बढी सहभागि भएका छन् । उनीहरुले सिघ्र माग पुरा नभए संघीय राजधानीमै गएर धर्नामा बस्ने चेतावनी समेत दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ