News Category 2081/03/31
संघीय सरकारमा सप्तरीबाट दुई मन्त्री

दैनिक समाचारदाता
राजविराज, ३१ असार ।
सप्तरीबाट संघीय सरकारमा दुई जना मन्त्री बनेका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जिल्लाबाट प्रतिनिधिसभा सदस्यद्वय नवलकिशोर साह सुडी र तेजुलला चौधरी मन्त्री बनेका हुन् ।
सप्तरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निार्वचित सुडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी युवा तथा खेलकुदमन्त्री बनेका छन् । मन्त्री सुडी अशोक राई नेतृत्वको जसपाका सांसद हुन भने चौधरी नेपाली काँग्रसका सांसद हुन् ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सुडी वन मन्त्री थिए । लगत्तै बनेको ओली नेतृत्वको सरकारमा पनि उनलाई मन्त्रीमा निरन्तरता दिइएको छ ।
त्यस्तै चौधरी विगतका सरकारमा युवा तथा खेलकुद राज्यमन्त्री बनेका थिए र अहिले वर्तमान सरकारमा सोही मन्त्रालयको केबिनेट मन्त्री बन्न सफल भएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ