News Category 2081/03/31
छिन्नमस्ता गाउँपालिकाको झण्डै १५ करोड असुल गर्न बाँकी

दैनिक समाचारदाता
राजविराज, ३१ असार ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा गत आर्थिक वर्ष २०७९÷८० मा १४ करोड ९९ लाख ३ सय ६० रुँपैया असुल गर्नुपर्ने अन्तिम लेखापरीक्षण प्रतिवेदनले देखाएको छ ।
सो प्रतिवेदनमा अनियमित भएको रकम २२ करोड १५ लाख १६ रुँपैया, प्रमाणका कागजात पेश नभएको रकम ३३ करोड ५७ लाख ३ हजार ५ सय २८ रुँपैया तथा पेश्की रकम ७ लाख ५५ हजार ५ सय १५ रुँपैया असुल उपर गर्नु पर्ने उल्लेख गरिएको छ ।
यस्तै बेरुजु रकम ७१ करोड ४६ लाख ९ हजार ४ सय १९ रुँपैया रहेको प्रतिवेदनमा उल्लेख छ ।
सोही प्रतिवेदनमा गाउँपालिका स्तरिय कार्यक्रमबाट योगालयका लागि ८ लाख तथा वडा नं. १ को कार्यक्रमबाट जीम सेन्टरका लागि ५ लाख रकम खर्च भएको खर्च भएको देखाइएपनि जिम सेन्टर स्थापना गाउँपालिकामा कहाँ भएको नदेखिएको तथा जिम सेन्टरको लागि पालिका केन्द्र भित्रको सार्वजनिक भवन वा नवनिर्मित भवन कुन ठाउँमा राख्ने भन्ने निर्णय समेत नगरि जिम सामाग्रि वापत खर्च उपयुक्त नदेखिएको जनाइएको छ ।
यस्तै गाउँपालिकाले छिन्नमस्ता भगवती मन्दिरको प्रचार गर्न निर्माण गरेको बृत्तचित्रमा ३ लाख ३१ हजार ६ सय ५० रुँपैया बृत्तचित्र निर्माण गरेको निकायसँग असुल उपर गर्ने प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनमा ४ लाख ९५ हजार रकममा ६० मिनेटको बृत्तचित्र निर्माण गर्नुपर्ने सम्झौता गरिएपनि २० मिनेटको मात्र बृत्तचित्र निर्माण गरेको उल्लेख छ ।
यस्तै बृत्तचित्रको स्क्रिप्ट लेखनको हार्डकपी पेश नभएको, छायाँकंन गरेको फोटोको प्रमाण समेत नदेखिएको र सम्झौता अनुसार काम नभई ३३ प्रतिशत मात्रै कार्यसम्पन्न भएको देखिएकोले पुरा पैसा भुक्तानी भएको हुँदा नियमानुसार ६७ प्रतिशत रकम असुल उपर गरी दाखिला गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/16 बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा, उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
- 2082/04/16 अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम
- 2082/04/14 सरकारको गलत नीतिका कारण अहिलेको जल संकट आएको हो ः अध्यक्ष यादव
- 2082/04/14 कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी
- 2082/04/14 दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ