News Category 2081/04/02
उच्च अदालत जनकपुर राजविराज इजलासले दुई वर्ष नाघेका मुद्दा शुन्यमा झा¥यो
दैनिक समाचारदाता
राजविराज, २ साउन ।
उच्च अदालत जनकपुर राजविराज इजलासले दुई वर्ष नाघेका मुद्दाहरु शुन्यमा झारेको छ ।
बुधबार उच्च अदालत जनकपुर राजविराज इजलासले आर्थिक वर्ष २०८०÷८१ को कार्य प्रगति विवरण सार्वजनिकरण गर्न आयोजना गरेको कार्यक्रममा सो जानकारी दिएको हो ।
कार्य प्रगति विवरण प्रस्तुत गर्दै न्यायाधिश बिमल सुवेदीले दुई वर्ष पुरानो मुद्दा मध्ये गत वर्ष जिम्मेवारी सरेर आएको ६ वटा र यस वर्ष थप भएका ८ सय ३१ मुद्दा गरि कुल ८ सय ३७ वटै मुद्दा फछर्यौट गरिएको जानकारी दिए । उनले लामो समयदेखी पुराना मुद्दाहरु थन्किएर रहेकोमा आ.ब. २०८०÷८१ मा ती सबै मुद्दाहरु फछर्यौट गर्न कानुन ब्यवसायी तथा न्यायाधिशहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
उनले मुद्दा अभिलेखतर्फ देवानी मिसिल ३९ हजार ५ र फैजदारी मिसिल १५ हजार ७ सय ८६ गरि जम्मा ५४ हजार ७ सय ९१ रहेकोमा हालसम्म ४८ हजार ५ सय ९४ को अभिलेख राख्न सफल भएको बताउँदै कम्प्युटरमा स्क्यान भएका मिसिलको संख्या ६ रहेको जनाए । सो अभिलेखमा सबैभन्दा पुरानो मिसिल २०३१ सालको रहेको जानकारी समेत दिए ।
यस्तै मेलमिलाफतर्फको मुद्दामा भने खासै उपलब्धी नरहेको उनको भनाई थियो । मेलमिलाफतर्फ गत वर्षको जिम्मेवारी सरेको ३ तथा नयाँ पठाएको १ सय ११ मुद्दा गरि १ सय १४ मुद्दामा जम्मा १ वटा मुद्दा मेलमिलाफबाट टुङ्गिएको बताए ।
यस्तै उच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यायाधिश बामदेव ज्ञवालीले आउँदो दिनमा मेलमिलाफबाट मुद्दा टुङ्गो लागाउनेतर्फ बढी ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाउँदै उनले आ.ब. २०८०÷८१ मा ७९.९३ प्रतिशत मुद्दा फछर्यौट भएको जानकारी समेत दिए ।
निवेदन÷प्रतिवेदन तर्फ असार मसान्त सम्ममा जिम्मेवारी सरेको ३ सय १९, नयाँ दर्ता भएको ५ सय ६८ गरि जम्मा ८ सय ८७ मुद्दा मध्ये ७ सय ९ वटा मुद्दा फछर्यौट भएको उनले बताए ।
यस्तै आ.ब. २०८१ असार सम्म मुद्दा फछर्यौैट गर्ने लक्ष्य ७७.१९ रहेकोमा ५२.३ प्रतिशत मुद्दा फछर्यौट भएको उल्लेख गरे ।
सो अवसरमा अदालतका न्यायाधिशहरु, प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती, प्रहरी उपरिक्षक गजुसिद्धी बज्राचार्य, उच्च अदालत बार एशोसिएशनका अध्यक्ष हरेराम यादव, अदालतका रजिष्टार, सूचना अधिकारी, कर्मचारी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ