News Category 2081/04/09
अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गरेर मात्र हुँदैन ः नगर प्रमुख गुप्ता
दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
सप्तरीको कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललनप्रसाद गुप्ताले विपद्को सम्भावित जोखिमबाट जोगिनका लागि न्युनीकरणका उपायहरु अपनाउनु आवश्यक रहेको बताएका छन् ।
युनिसेफको सहयोग र कञ्चनरुप नगरपालिकाको समन्वयमा तिलाठी कोईलाडी गाउँपालिकाले बुधबार कञ्चनरुप नगरपालिकामा आयोजना गरेको नगरपालिका स्तरीय अपाङ्गतामैत्री विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख गुप्ताले यस्तो बताएका हुन् ।
खोलै खोलाले घेरिएको नगरपालिका र जंगली जनावरको आतंककाबीच सिमित श्रोत साधन भएपनि नगरपालिका काम गरिरहेको बताउँदै उनले सहकार्य र समन्वयबाट मात्रै कुनै पनि काम सफल हुने बताए ।
‘अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गरेर मात्र हुँदैन, उनीहरुलाई आय आर्जनमा कसरी लगाउन सकिन्छ ? त्यता तिर पनि सोच्नु जरुरी छ’ उनले भने, ‘सबै भौतिक संरचनाहरुलाई अपाङ्गता मैत्री बनाउनु जरुरी छ ।’
कञ्चनरुप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ताको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह, प्रशासकीय अधिकृत नवराज खड्कासहितकाले नगरपालिकाले झेल्दै आएको विपद् सम्बन्धी समस्या तथा समाधानका लागि नगरपालिकाले गरेका पहलहरुका बारेमा जानकारी गराएका थिए ।
सो अभिमुखीकरण कार्यक्रममा अपाङ्गता सम्बन्धी राष्ट्रिय निर्देशक समितिका सदस्य सावित्रा घिमिरे, युनिसेफका अशोक कुमार झा, तिलाठी कोईलाडी गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झासहितकाले सहजीकरण गरेका थिए ।
कार्यक्रममा कञ्चनरुप नगरपालिकाको विपद् ब्यवस्थापन समिति र अपाङ्गता समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु, सुरक्षा निकायका अधिकारीहरु, राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
युनिसेफको सहयोगमा तिलाठी कोईलाडी गाउँपालिकाद्वारा कञ्चनरुप नगरपालिका, सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिकामा नगरपालिका स्तरीय अपाङ्गता मैत्री विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण गर्ने कार्यक्रम रहेको विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ