News Category 2081/04/09
कान उपचार सेवा केन्द्रको नयाँ भवन शिलान्यास

दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
समाजसेवी जोगेन्द्र भगतले २ करोड २५ लाख मुल्य बराबरको १ कठ्ठा डेढ धुर जग्गा निःशुल्क उपलब्ध गराएपछि कान उपचार सेवा केन्द्रले आफ्नै भवनबाट उपचार सेवा उपलब्ध गराउने भएको छ ।
कान उपचार सेवा केन्द्रको संचालनमा सहयोग गर्दै आएको इम्प्याक्ट नेपालका कार्यक्रम व्यवस्थापक पुष्पा भण्डारीले अबको ९ महिना भित्र केन्द्रले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रदान गर्ने भएको बताइन् । उनले नयाँ भवनबाट थप विशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गरिने र यसबाट यस भेगका कानका विरामी लाभाविन्त हुने विश्वास समेत व्यक्त गरिन ।
समाजसेवी भगतले निःशुल्क जग्गा उपलब्ध गराएपछि बुधवार भवन निर्माणको शिलान्यास कार्य पनि सम्पन्न भएको छ । उनका धर्मपत्नी ठाको देवीसहित पुगेका भगतले केन्द्रको नयाँ भवन निर्माण कार्यको शिलान्यास स्वयंले गरेका छन् ।
विगत १४ वष देखि इम्प्याक्ट नेपाल नामक गैरसरकारी संस्थाले संचालन गर्दै आएको सो कान उपचार केन्द्रको नयाँ भवन निर्माण कार्य सम्पन्न भएपछी जग्गादाता भगत दम्पतीको समेत नाम जोडी ठाको देवी–जोगेन्द्र भगत कान उपचार केन्द्र नामाकरण गर्ने समेत तयारी भएको केन्द्रको राजविराजका कानरोग सहायक प्राविधिक नरेश कुमार यादवले जानकारी दिए ।
उक्त नयाँ भवन निर्माणका लागी इम्प्याक्ट नेपालले २ करोड ५१ लाख रुपैया लगानी गरेको इम्प्याक्ट नेपालका कार्यकारी निर्देशक रमाकान्त पौडेलले बताए । ९ महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी उक्त भवन निर्माण कार्यको ठेक्का काठमाण्डौंस्थित भगवती ग्रुप अफ कन्स्ट्रक्शन प्रा.लि.लाई दिइएको र तोकिएको समय भित्र अढाई तल्ले भवनको नयाँ संरचना तयार भई सेवा प्रारम्भ हुने उनको कथन छ ।
उनले इम्प्याक्ट नेपाल कै सहयोगमा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ६ मा बर्थिङ सेन्टर निर्माण कार्य पनि थालिएको र २०८१ मंसिर १५ गते भित्र सो पालिकालाई उक्त भवन हस्तान्तरण गर्ने लक्ष्य रहेको जानकारी समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/16 बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा, उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
- 2082/04/16 अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम
- 2082/04/14 सरकारको गलत नीतिका कारण अहिलेको जल संकट आएको हो ः अध्यक्ष यादव
- 2082/04/14 कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी
- 2082/04/14 दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ