News Category 2081/04/09
कान उपचार सेवा केन्द्रको नयाँ भवन शिलान्यास
दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
समाजसेवी जोगेन्द्र भगतले २ करोड २५ लाख मुल्य बराबरको १ कठ्ठा डेढ धुर जग्गा निःशुल्क उपलब्ध गराएपछि कान उपचार सेवा केन्द्रले आफ्नै भवनबाट उपचार सेवा उपलब्ध गराउने भएको छ ।
कान उपचार सेवा केन्द्रको संचालनमा सहयोग गर्दै आएको इम्प्याक्ट नेपालका कार्यक्रम व्यवस्थापक पुष्पा भण्डारीले अबको ९ महिना भित्र केन्द्रले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रदान गर्ने भएको बताइन् । उनले नयाँ भवनबाट थप विशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गरिने र यसबाट यस भेगका कानका विरामी लाभाविन्त हुने विश्वास समेत व्यक्त गरिन ।
समाजसेवी भगतले निःशुल्क जग्गा उपलब्ध गराएपछि बुधवार भवन निर्माणको शिलान्यास कार्य पनि सम्पन्न भएको छ । उनका धर्मपत्नी ठाको देवीसहित पुगेका भगतले केन्द्रको नयाँ भवन निर्माण कार्यको शिलान्यास स्वयंले गरेका छन् ।
विगत १४ वष देखि इम्प्याक्ट नेपाल नामक गैरसरकारी संस्थाले संचालन गर्दै आएको सो कान उपचार केन्द्रको नयाँ भवन निर्माण कार्य सम्पन्न भएपछी जग्गादाता भगत दम्पतीको समेत नाम जोडी ठाको देवी–जोगेन्द्र भगत कान उपचार केन्द्र नामाकरण गर्ने समेत तयारी भएको केन्द्रको राजविराजका कानरोग सहायक प्राविधिक नरेश कुमार यादवले जानकारी दिए ।
उक्त नयाँ भवन निर्माणका लागी इम्प्याक्ट नेपालले २ करोड ५१ लाख रुपैया लगानी गरेको इम्प्याक्ट नेपालका कार्यकारी निर्देशक रमाकान्त पौडेलले बताए । ९ महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी उक्त भवन निर्माण कार्यको ठेक्का काठमाण्डौंस्थित भगवती ग्रुप अफ कन्स्ट्रक्शन प्रा.लि.लाई दिइएको र तोकिएको समय भित्र अढाई तल्ले भवनको नयाँ संरचना तयार भई सेवा प्रारम्भ हुने उनको कथन छ ।
उनले इम्प्याक्ट नेपाल कै सहयोगमा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ६ मा बर्थिङ सेन्टर निर्माण कार्य पनि थालिएको र २०८१ मंसिर १५ गते भित्र सो पालिकालाई उक्त भवन हस्तान्तरण गर्ने लक्ष्य रहेको जानकारी समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ