News Category 2081/04/09
पूर्वसभापति खतिवडाका छोरी, ज्वाई र नातीको जहाज दुर्घटनामा मृत्यु, पत्रकार सम्बद्ध संघसंस्थाद्वारा दुःख व्यक्त
दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष प्रकाश खतिवडाका छोरी, ज्वाई र नाबालक नातीको मृत्यु भएको छ ।
बुधबार बिहान ११ बजेतिर काठमाडौंस्थित त्रिभुवन विमानस्थल नजिकै भएको दुर्घटनामा उनका २५ वर्षिया छोरी प्रिजा, ३० वर्षिय ज्वाई मनुराज शर्मा र ४ वर्षिय नाती अधिराजको मृत्यु भएको हो ।
मनुराज सौर्य एयरलाइन्समा प्राविधिक पदमा कार्यरत थिए । प्रिजा भने उर्जा मन्त्रालयमा कम्प्युटर अपरेटर पदमा कार्यरत थिइन् । मनुराज जहाज मेन्टिनेन्स (मर्मत) कार्यका लागि अन्य प्राविधिकसहितको टोलीमा पोखरा जान लागेपछि पत्नी प्रिजालाई कार्यलयबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर पोखरा घुम्न लादै थिए ।
काठमाडौंबाट पोखराका लागि उडेको सो विमान ग्राउण्ड छाड्ने बित्तिकै अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा विमानमा सवार १९ जना मध्ये १८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाइलट मनिष शाक्यलाई जिवितै अवस्थामा उद्धार गरि उपचारका लागि केएमसी अस्पताल भर्ना गरिएको छ ।
यसैबीच पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देव, कोषाध्यक्ष नवीन गुप्ता, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण, खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझी, महासंघका पूर्व सभापति एवं प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य सतिश कुमार दत्तले छुट्टाछुट्टै शोक वक्तव्य मार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दिंवंगत आत्माको चिरशान्ति एवं शोकाकुल परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ