News Category 2081/04/11
भुक्तानीको विषयमा छिन्नमस्ताका वडा अध्यक्षले लेखापाललाई दिए अपहरण गर्ने धम्की
दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष जयप्रकाश ठाकुरले आर्थिक प्रशासन शाखा प्रमुख (लेखापाल) संजय मेहतालाई भुक्तानीको विषयलाई लिएर शुक्रबार अपहरण गर्ने धम्की दिएका छन् ।
सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्द, जनस्वास्थ्य निरिक्षकहरु पंकज कुमार यादव, राजाबाबु मेहता, महाबिर यादव, जिन्सी शाखाका जितेन्द्र झा, सिअहेबद्वय बालकुमार यादव, दिपेन्द्र प्रसाद यादव, ल्याब टेक्निसियन राजेश यादव, लेखापाल संजय मेहता, सूचना प्रविधि अधिकृत दिपक मेहता र नायब सुब्बा अरुण यादवलगायत १५ जना कर्मचारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भुक्तानीको विषयलाई लिएर जनप्रतिनिधिले दिएको यस्तो धम्कीप्रति गम्भिर आपत्ति जनाएका छन् ।
वडा अध्यक्ष ठाकुर र डोर हाजिरीमा कार्यरत कर्मचारी रामरुप शर्मा समेतले लेखापाल मेहतालाई कार्याललयको आफ्नै कक्षमा शुक्रबार काम गरिरहेको बेला भुक्तानीको विषयमा विवाद गरी दुव्र्यहार, गालिगलौज लगायत अपहरण गर्ने जस्ता डर त्रास धम्की दिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा धम्कीका कारण कार्यालयमा बसी कामकाज गर्न असुरक्षित महसुस भएको र कामकाज गर्न नसकिने वातावरण सृजना भएको भन्दै अमानविय घटनामा संलग्न जो कोही उपर तत्काल कडा भन्दा कडा कारवाही गर्न सम्बन्धी निकायसँग माग गरिएको छ ।
साथै दोषिहरुमाथी यथासिघ्र कडा कारवाही नभए कार्यालयमा काम गर्न नसकिने समेत जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ