News Category 2081/04/15
गायनतर्फ सुनितालाई र दिलिपलाई अधिकारकर्मी पुरस्कार
दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
यस वर्षको मैथिली लोक गित गायनतर्फ सुनिता साह र अधिकाकर्मीतर्फ दिलिप चौधरी बैध–प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित हुने भएका छन् ।
मैथिली लोक गायन क्षेत्रमा योगदान गरे वापत राजविराज ३ की सुनिता साह र अधिकार क्षेत्रमा योगदान गरेवापत रुपनी गाउँपालिका ६ का दिलिप कुमार चौधरी उक्त पुरस्कारबाट सम्मानित हुने भएक हुन् ।
पुरस्कार छनौट समितिको मंगलबार बसेको बैठकले यसवर्षको ५औं मैथिली लोकगित गायन पुरस्कारबाट साहलाई र ९ औं बैध–प्रकाश मानवअधिकार पुरस्कारबाट चौधरीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
दलित अधिकार क्षेत्रमा लामो समयदेखी क्रियाशिल रही योगदान गरेवापत यस वर्षको बैध–प्रकाश मानवअधिकार पुरस्कार चौधरीलाई दिने निर्णय गरेको पुरस्कार कोष समितिका संयोजक बैद्यनाथ झाले जानकारी दिए ।
सोही कोषबाट उनले प्रत्येक वर्ष मानव अधिकारकर्मी प्रकाश काफ्लेको स्मृति दिवसको अवसर पारेर अधिकार, संस्कृति, संचार, कला, गायन, समाज सेवा लगायतका क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई पुरस्कृत गर्दै आएका छन् ।
यस्तै मैथिली लोक गायन क्षेत्रमा योगदान दिँदै आएकी ३० वर्षिया साहलाई पाचौं उर्मिलादेवी मैथिली गायन पुरस्कारबाट सम्मानित गर्ने निर्णय भएको मैथिली महिला परिषद्की पूर्व अध्यक्ष शान्ति झाले बताइन् । उनी पुरस्कार छनौट समितिकी संयोजक हुन् ।
२०७१ सालमा इन्सेकद्वारा ५० हजार राशी पुरस्कार भएको प्रकाश–बैध मानवअधिकार पुरस्कार प्राप्त गरेका झाले सोही रकम र आमा चन्द्रदेवी झाको सामाजिक सुरक्षा भत्ता वापत प्राप्त हुने ५० हजार थपेर १ लाखको पुरस्कार कोष नै स्थापना गरेका थिए ।
उक्त दुबै पुरस्कार मानव अधिकारकर्मी स्व. प्रकाश काफ्लेको ३२ औं स्मृती दिवसको अवसरमा पारेर आगामी शुक्रबार साउन १८ गते प्रदान गरिने कार्यक्रम तय भएको कोषका संयोजक प्रेस स्वतन्त्रता सेनानी झाले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ