News Category 2081/04/15
गायनतर्फ सुनितालाई र दिलिपलाई अधिकारकर्मी पुरस्कार
दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
यस वर्षको मैथिली लोक गित गायनतर्फ सुनिता साह र अधिकाकर्मीतर्फ दिलिप चौधरी बैध–प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित हुने भएका छन् ।
मैथिली लोक गायन क्षेत्रमा योगदान गरे वापत राजविराज ३ की सुनिता साह र अधिकार क्षेत्रमा योगदान गरेवापत रुपनी गाउँपालिका ६ का दिलिप कुमार चौधरी उक्त पुरस्कारबाट सम्मानित हुने भएक हुन् ।
पुरस्कार छनौट समितिको मंगलबार बसेको बैठकले यसवर्षको ५औं मैथिली लोकगित गायन पुरस्कारबाट साहलाई र ९ औं बैध–प्रकाश मानवअधिकार पुरस्कारबाट चौधरीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
दलित अधिकार क्षेत्रमा लामो समयदेखी क्रियाशिल रही योगदान गरेवापत यस वर्षको बैध–प्रकाश मानवअधिकार पुरस्कार चौधरीलाई दिने निर्णय गरेको पुरस्कार कोष समितिका संयोजक बैद्यनाथ झाले जानकारी दिए ।
सोही कोषबाट उनले प्रत्येक वर्ष मानव अधिकारकर्मी प्रकाश काफ्लेको स्मृति दिवसको अवसर पारेर अधिकार, संस्कृति, संचार, कला, गायन, समाज सेवा लगायतका क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई पुरस्कृत गर्दै आएका छन् ।
यस्तै मैथिली लोक गायन क्षेत्रमा योगदान दिँदै आएकी ३० वर्षिया साहलाई पाचौं उर्मिलादेवी मैथिली गायन पुरस्कारबाट सम्मानित गर्ने निर्णय भएको मैथिली महिला परिषद्की पूर्व अध्यक्ष शान्ति झाले बताइन् । उनी पुरस्कार छनौट समितिकी संयोजक हुन् ।
२०७१ सालमा इन्सेकद्वारा ५० हजार राशी पुरस्कार भएको प्रकाश–बैध मानवअधिकार पुरस्कार प्राप्त गरेका झाले सोही रकम र आमा चन्द्रदेवी झाको सामाजिक सुरक्षा भत्ता वापत प्राप्त हुने ५० हजार थपेर १ लाखको पुरस्कार कोष नै स्थापना गरेका थिए ।
उक्त दुबै पुरस्कार मानव अधिकारकर्मी स्व. प्रकाश काफ्लेको ३२ औं स्मृती दिवसको अवसरमा पारेर आगामी शुक्रबार साउन १८ गते प्रदान गरिने कार्यक्रम तय भएको कोषका संयोजक प्रेस स्वतन्त्रता सेनानी झाले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ