News Category 2081/04/16
मृत्युको मुखमा पुगेका एक बृद्धले पाए नयाँ जीवन
दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
मुख क्यान्सर रोगले पीडित एक बृद्ध सहि उपचार पाउँदा नयाँ जीवन पाएका छन् । राजविजराज ९ मलेठ निवासी ६१ वर्षिय मो.मजिदले क्यान्सर रोगलाई पराजित गर्दै नयाँ जिवन पाएका हुन् । उनलाई क्यान्सर रोगबाट मुक्त गराई नया जीवन दिने चिकित्सक हुन डा.ऋषीकेश ठाकुर र डा. विकास आनन्द ।
६ महिना अघि अचानक मुखको भित्रि भाग दुःख्ने र पछि गएर घाउ भई खाना खान समेत समस्या भएपछी मजिद राजविराज, विराटनगर र धरानमा एक पछि अर्काे चिकित्सकलाई देखाउदै औषधी खाईरहे । तर, समस्या घट्नुका साटो झनै बढ्दै गयो । राजविराज ३ स्थित प्रज्ञा प्रिन्टिङ्ग प्रेसमा मजदुरको रुपमा कार्यरत ६१ वर्षिय मजिदको उपचार खर्च र रोग बढ्दै गएपछी उनको परिवार थप तनावमा परे ।
विपन्न परिवारका मजिदलाई विभिन्न अस्पतालमा उपचार गराउँदा ९ लाख रुपैया ऋण पनि लाग्यो । तर, न त रोग निको भयो, न त रोग नै पत्ता लाग्यो । यसैबीच केही जानकार आफन्तले मजिदलाई स्वास्थ्य परिक्षणका लागी काठमाडौं लैजान सल्लाह दिए । उपचारका क्रममा ९ लाख ऋणको भारीमा डुबेका मजिद परिवार फेरी बैंकमा जग्गा धितो राखी ३ लाख रुपैया ऋण उठाई गत असार ३ गते काठमाडांै पुगे ।
काठमाडौंस्थित नेशनल एकेडेमी अफ मेडिकल साइन्स विर अस्पतालका बरिष्ठ नाक, कान, घाटी क्यान्सर रोग विशेषज्ञ डा. ऋषीकेश ठाकुर नेतृत्वको टिमले भर्ना भएको भोली पल्टै विहान ११ बजे तिर अपरेशन गरे ।
“अपरेशन सक्न १३ घण्टा लाग्यो, डा. ठाकुरले भने–शल्यक्रिया आफैमा जटिल थियो । त्यसमाथी ६१ वर्षिय बृद्धलाई १३ घण्टासम्म बेहोश बनाएर राख्नु चुनौतिपुर्ण थियो । तर, टिम वर्क र अनुभवका कारण सफल शल्यक्रिया भयो ।”
अहिले मजिदको अवस्थामा निकै सुधार आईसकेको छ । प्लास्टिक सर्जरीबाट उनको अपरेशन गरिएको र केही समय पछी थप उपचार र परिक्षणका लागी आउने गरी डिस्र्चाज गरिएको डा. ठाकुरको कथन छ ।
मृखको क्यान्सरको यस्तो प्रकारको शल्यक्रिया यस अस्पतालमा यस अघि पनि गरिएको उनले बताए । मुखको क्यान्सरको उपचार र शल्यक्रियाको क्रममा हड्डी, नशा, मासुको अवस्थालाई हेरेर गर्नू पर्ने भएकाले उपचार संवेदनशील र जटिल हुन्छ, उनले भने–ढिलो गरेर उपचारका लागी आएपनि रोग पत्ता लागेपछी १३ घण्टा लामो शल्यक्रिया पश्चात मजिदलाई बचाउन सफल भयौं ।”
उनले मजिदको रोगबारे यस अघि चाँच गरेका चिकित्सकहरुले यकिन गर्न नसक्दा रोग बढ्दै गई जटिल अवस्थामा पुगेको र यसले मजिद संगै परिवारजन समेतलाई आर्थिक, मानसिक र शारिरीक पीडा भोग्नु परेको बताए ।
दोश्रो चरणमा भने अब मजिदको भक्तपुर क्यान्सर अस्पतालमा दुःखाई र उनको जीवनशैलीमा सुधारबारे उपचार हुने भएको परिवारजनले जनाएको छ । २० दिनको लामो उपचार पछी डिस्र्चाज भई बुधवार घर आइपुगेका मजिदले अब मुख भित्रको घाउ निको भएको र थोरै थोरै गरी खाना खान पनि सहज हुदै गएको बताए ।
घर फर्किएका श्रीमानलाइ देखाउँदै श्रीमती हकिमा खातुनले भनिन–“श्रीमानको सहि उपचार भयो । निको हुन लागेको देख्दा धेरै खुशी लागेको छ ।”
अस्पतालले परिवारको आर्थिक अवस्था कमजोर देखेर शल्यक्रिया, आईसियृु, बेड तथा औषधी खर्चमा समेत विषेश छुट गरी २ लाख रुपैयामात्र लिएको उनले बताइन । उनले सो अस्पताल सम्म पुग्न र उपचार खर्चमा सहुलियत गराउन भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर दुःखाई रोग विषेज्ञ डा.विकास आनन्दले निकै सहयोग गरेको बताए । उपचारको दोश्रो चरणमा अबको एक साता पछी डा.विकास आनन्द कै निगरानीमा क्यान्सर रोगले पु¥याएको क्षती न्युनिकरण र दुखाई सम्बन्धि उपचार सुरु हुने मजिदले बताए ।
डा.विकास आनन्दले शल्यक्रिया पश्चात मजिद खतरामुक्त अवस्थामा पुगेको बताए । “मजिदको मुखको भित्री भागमा क्यान्सर रोगले पु¥याएको क्षती न्युनिकरण तथा दुःखाई समस्याको पुर्ण समाधानका लागी अब थप उपचार सूरु गर्छाै, डा.विकास आनन्दले भने–यसमा रेडियोथेरापी, सेकाई लगायतका उपचार पद्धती प्रयोग गरिने छ ।
उनले उक्त उपचार पद्धतीबाट मजिदलाई मुखको क्यान्सर रोग फेरी बल्झिन न दिन तथा उनको खानपीन र जीवन शैलीमा सम्पुर्ण सुधार ल्याउन ठुलो मदत पु¥याउने विश्वास समेत व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ