News Category 2081/04/16
धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन प्रेस युनियनको आग्रह
दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
नेपाल प्रेस युनियन केन्द्रिय समितिले प्रेस युनियन सप्तरीका उपाध्यक्ष एवं राजविराज दैनिक पत्रिका पत्रकार नवीनकुमार गुप्तामाथी स्थानीय ठेकेदारले ज्यान मार्ने धम्की दिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस युनियनका केन्द्रिय महासचिव दिलीप पौडेलले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै भ्रष्टाचार सम्बन्धी समाचार लेखेको आधारमा महादेवा गाउँपालिकाका स्थानीय ठेकेदार अभिशेक मण्डलले पत्रकार गुप्तालाई गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “समाचार लेखेको आधारमा पत्रकारलाई ज्यान लिनसम्मको धम्की दिने कार्य निन्दनीय छ । समाचारका विषयमा चित्त नबुझेको अवस्थामा काुनी उपचारमा जान सकिने बाटो हुँदाहुँदै कानुन हातमा लिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरी पत्रकारलाई धम्की दिएर त्रसित पार्ने कार्यको नेपाल प्रेस युनियन घोर भत्र्सना गर्दछ ।”
घटनाको छानबिन गरी पत्रकार गुप्तालाई धम्की दिने मण्डललाई तत्काल कानुनी दायरामा ल्याउन स्थानीय प्रहरी, प्रशासन समक्ष नेपाल प्रेस युनियनले आग्रह गर्दै विज्ञप्तिमा प्रेस स्वतन्त्रता बिरोधी यस्ता कार्य भविष्यमा नदोहरिन भन्नेतर्फ सचेत गराउँदै संचारकर्मीलाई निर्वाध रुपमा समाचार संकलन गर्ने वातावरण सिर्जन ागर्न प्रेस युनियनले सम्बन्धित पक्षको ध्यान आकृष्ट गराएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ