News Category 2081/04/16
महासंघले ग¥यो संघर्षका कार्यक्रम घोषणा, राजनैतिक दवाबमा प्रहरीले पत्रकारलाई धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न देखाएन गम्भिरता
दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
पत्रकारलाई अभद्र व्यवहार गर्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गर्न गम्भिरता नदेखाएको भन्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखाले चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।
महासंघका सचिव रामनारायण विश्वासद्वारा बुधबार जारि विज्ञप्तिमा सो प्रकरणमा ’राजनीति’ गन्धसमेत आभाष भएको ठहर गर्दै पत्रकार महासंघको पहिलो प्राथमिकता पत्रकारको सुरक्षा नै भएको र त्यसमा सप्तरी प्रहरीले सक्रियता र गम्भीरता दुवै नदेखाएकोले पहिलो चरणको संघर्ष कार्यक्रम घोषणा गरिएको जनाइएको छ ।
संघर्षका कार्यक्रम अनुसार प्रहरीको माथिल्लो निकाय जिल्ला प्रशासन कार्यालय सप्तरीमा बिहीवार ज्ञापन पत्र बुझाउने, शुक्रबारदेखि सप्तरी प्रहरीको समाचार बहिष्कार गर्ने र हातमा कालो पट्टि बाँधेर पत्रकारले काम गर्ने रहेको छ ।
यस अवधिमा पनि पत्रकार धम्काउनेमाथि प्रहरीले कारबाही नथालिए दोश्रो चरणको थप सशक्त संघर्षका कार्यक्रम सार्वजनिक गरिने महासंघ बाध्य हुने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।
समाचार लेखेको निहुँमा नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष एवं राजविराज दैनिकका पत्रकार नवीनकुमार गुप्तामाथि अभद्र ब्यवहार गर्दै ज्यानमार्ने धम्की दिने महदेवा गाउँपालिकाका अभिषेक मण्डलमाथि कानुन बमोजिम कारबाहीको लागि महासंघले मंगलबार जिल्ला प्रहरीमा निवेदन दिएको थियो ।
महासंघका सभापति श्रवणकुमार देव र सचिव रामनारायण विश्वाससहितको टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यलाई बुझाएको निवेदन उपर बुधबार साँझसम्म कुनै कारबाही प्रक्रिया अगाडि बढ्न सकेको छैन् ।
श्रोतका अनुसार सप्तरी प्रहरी राजनीतिक दबाबमा परेको छ । बुधबार दिनभरी प्रहरीलाई विभिन्न राजनीतिक दलको दबाब आएको तथा पक्राउ गर्नुको साटो मिलापत्रमा बढी जोड दिएको देखिन्छ । धम्की दिने व्यक्ति महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलको नातामा पर्ने सालो समेत रहेकाले प्रहरीले उनलाई पक्राउ गर्न सक्रियता र गम्भिरता नदेखाएको श्रोतको दाबी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ