News Category 2081/04/17
शैक्षिक सामाग्रि बितरण गरि मनाइयो स्व. रामको स्मृती दिवस
दैनिक समाचारदाता
राजविराज, १७ साउन ।
भूमि अधिकार मञ्च नेपालका संस्थापक अध्यक्ष स्व. बलदेव रामको स्मृती दिवसको अवसरमा बिहीबार विपन्न दलित समुदायका तीन सय बालबालिकालाई शैक्षिक सामाग्रिबितरण गरिएको छ ।
जनचेतना दलित संगम नामक संस्थाले सिनो बहिष्कार आन्दोलनका अगुवा समेत रहेका दलित नेता स्व. रामको ७औंं स्मृती दिवसको अवसरमा शैक्षिक सामाग्रि बितरण तथा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरेको हो ।
संस्थाका अध्यक्ष र।ामलखन रामको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य माला कर्णले विपन्न समुदायका बालबालिकालाई शैक्षिक सामाग्रि बितरण गरे । बितरण गरिएको शैक्षिक सामाग्रिहरुमा ब्याग, पोशाक, कपी, पेन्सिल लगायतका सामाग्रिहरु रहेको संस्थाका प्रतिनिधि प्रेम विश्वकर्माले जानकारी दिए ।
यसरी शैक्षिक सामाग्रि पाउनेमा खडक नगरपालिकाका ३२, सप्तकोशी नगरपालिकाका १००, बालनबिहुल गाउँपालिकाका ३०, अग्निसाइर कृष्णासवरण गाउँपालिकाका १०० र सुरुङ्गा नगरपालिकाका ३८ जना विपन्न समुदायका बालबालिका छन् ।
सो अवसरमा दलित अधिकारका विभिन्न आन्दोलनमा अगुवाई गरेका अर्जुन थपलिया, दशन मण्डल, देवलाल राम र चन्देश्वरी देवी सदालाई सम्मान समेत गरिएको छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य माला कर्णका साथै पूर्वसांसद अशर्फी सदा, पूर्वनगर प्रमुख मुक्तीनाथ चौधरी, वडा अध्यक्ष देवेन्द्र चौधरी, लगायतले स्व. रामको योगदानको चर्चा गर्दै उनको स्मृती एवं सम्मानमा प्रतिष्ठान दर्ता गरी अघि बढ्नुपर्ने र यसका लागि आप–आफ्ना स्तरबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ