News Category 2081/04/17
शैक्षिक सामाग्रि बितरण गरि मनाइयो स्व. रामको स्मृती दिवस
दैनिक समाचारदाता
राजविराज, १७ साउन ।
भूमि अधिकार मञ्च नेपालका संस्थापक अध्यक्ष स्व. बलदेव रामको स्मृती दिवसको अवसरमा बिहीबार विपन्न दलित समुदायका तीन सय बालबालिकालाई शैक्षिक सामाग्रिबितरण गरिएको छ ।
जनचेतना दलित संगम नामक संस्थाले सिनो बहिष्कार आन्दोलनका अगुवा समेत रहेका दलित नेता स्व. रामको ७औंं स्मृती दिवसको अवसरमा शैक्षिक सामाग्रि बितरण तथा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरेको हो ।
संस्थाका अध्यक्ष र।ामलखन रामको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य माला कर्णले विपन्न समुदायका बालबालिकालाई शैक्षिक सामाग्रि बितरण गरे । बितरण गरिएको शैक्षिक सामाग्रिहरुमा ब्याग, पोशाक, कपी, पेन्सिल लगायतका सामाग्रिहरु रहेको संस्थाका प्रतिनिधि प्रेम विश्वकर्माले जानकारी दिए ।
यसरी शैक्षिक सामाग्रि पाउनेमा खडक नगरपालिकाका ३२, सप्तकोशी नगरपालिकाका १००, बालनबिहुल गाउँपालिकाका ३०, अग्निसाइर कृष्णासवरण गाउँपालिकाका १०० र सुरुङ्गा नगरपालिकाका ३८ जना विपन्न समुदायका बालबालिका छन् ।
सो अवसरमा दलित अधिकारका विभिन्न आन्दोलनमा अगुवाई गरेका अर्जुन थपलिया, दशन मण्डल, देवलाल राम र चन्देश्वरी देवी सदालाई सम्मान समेत गरिएको छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य माला कर्णका साथै पूर्वसांसद अशर्फी सदा, पूर्वनगर प्रमुख मुक्तीनाथ चौधरी, वडा अध्यक्ष देवेन्द्र चौधरी, लगायतले स्व. रामको योगदानको चर्चा गर्दै उनको स्मृती एवं सम्मानमा प्रतिष्ठान दर्ता गरी अघि बढ्नुपर्ने र यसका लागि आप–आफ्ना स्तरबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ