News Category 2081/04/17
मधेशी आयोगकी सदस्य सिंहलाई भारतीय पुरस्कार
दैनिक समाचारदाता
राजविराज, १७ साउन ।
भारत विहार राज्यको राजधानी पटनामा आयोजित अन्तराष्ट्रिय क्षत्रीय विरांगना महासभामा अधिकार तथा महिला सशसक्तिकरण क्षेत्रमा योगदान पु¥याए वापत नेपाली अधिकारकर्मी एवं साहित्यकर्मी आभा सेतु सिंह सम्मानित भएकी छिन ।
राजविराज ९ निवासी ३८ वर्षिया सिंह राष्ट्रिय मधेशी आयोगकी सदस्य समेत हुन । अन्तराष्ट्रिय क्षत्रीय विरांगना फाउण्डेशनद्वारा विहीवार आयोजित ८ औ महासभा एवं अन्तराष्ट्रिय विरांगना सम्मान समारोहमा सिंहलाई “रानी पद्यावती शौर्य सम्मान २०२४”बाट सम्मानित गरिएको हो ।
पद्यावती शौर्य सम्मानबाट सम्मानित हुने सिंह पहिलो नेपाली महिला हुन । फाउण्डेशनका संस्थापक एवं सहमुख्य संरक्षक डा.एमएस सिंहले आभा सेतु सिंहलाई उक्त पुरस्कारबाट सम्मानित गरे । ंिसंहलाई पुरस्कारमा प्रतिक चिन्ह र सम्मानपत्र प्रदान गरिएको छ ।
महिला अधिकार तथा सशक्तीकरण क्षेत्रमा लामो समय देखी क्रियाशिल सिंह नेपाली, मैथिली र हिन्दी भाषा साहित्यमा समेत कलम चलाउदै आएकी छिन । फाउण्डेशनले मानव अधिकार, शान्ति, महिला सशक्तीकरण, भाषा साहित्य र संस्कृतको उत्थान लगायतका क्षेत्रमा योगदान गर्ने व्यक्तीत्वहरुको चयन गरी विगत ८ वर्ष देखि आफ्नो वार्षिक महासभाको अवसर पारेर सम्मान समारोहको आयोजना गर्दै आएको छ । कार्यक्रममा उनी सहित ९ जनालाई उक्त पुरस्कारबाट सम्मानित गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ