News Category 2081/04/17
सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका तातेड जेल चलान
दैनिक समाचारदाता
राजविराज, १७ साउन ।
कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सचिव सिद्धार्थ तातेडलाई जिल्ला अदालत सप्तरीले पूर्पक्षका लागि बिहीबार जेल चलान गरेको छ ।
न्यायाधिश संजिव पोखरेलको एकल इजलाशले थुनछेक बहस सकिएपछि तातेडलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश जारि गरेको हो ।
सहकारी संस्थामा बचतकर्ताले जम्मा गरेको दुई करोड भन्दा बढी रकम नपाएको भन्दै प्रहरीमा उजुरी गरेपछि उक्त संस्थाका संचालक समितिका सचिव तातेडलाई गत साउन ३ गते पक्राउ गरिएको थियो । त्यसपछि सहकारीको रकम ठगि तथा आपराधिक विश्वासघात मुद्दामा प्रहरीले पाँच÷पाँच दिन गरि दुई पल्ट अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न थप म्याद र अनुमति प्राप्त गरेको थियो । तेश्रो पटकको थुनछेक बहसमा तातेडको तर्फबाट अधिवक्ता महेन्द्र चौधरी, शिवकुमार चौधरी, अशोक चौधरी र नवराज क्षेत्रीले बहस गरेका थिए । यस्तै जाहेरवालाको तर्फबाट सरकारी वकिलका साथै अधिवक्ता हेमनारायण चौधरी र सुरेश सिंहले बहस पैरवी गरेका थिए ।
बि.स. २०८० साउन १९ गते बचतकर्ताको रकम फिर्ता नगरी संस्थाका सात जना संचालक सम्पर्कविहीन भएको भन्दै संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताले तातेडसहित सातै जनाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।
संचालक समितीमाथी बचतकर्ताको १ करोड ३३ लाख २० हजार ८ सय २३ तथा संस्थाको ८८ लाख १७ हजार ६ सय ७७ गरी कुल २ करोड २१ लाख ३८ हजार ५ सय रुपैया अपचलन गरेको आरोप रहेको प्रहरीको भनाई छ ।
संचालक र कर्मचारी अचानक सम्पर्कविहीन भएको र लामो समयसम्म संस्थामा तालाबन्दी भएको देखेपछि बचत फिर्ताका लागी पहल गर्न माग गर्दै बचतकर्ताहरु प्रहरी समक्ष पुगेका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले सात सदस्यीय संचालक समितीमध्ये अध्यक्ष बेचन यादव र अन्य ५ जना संचालक सदस्य भने अझै फरार रहेकोे जानकारी दिए ।
अनुसन्धानको क्रममा अदालतबाट संचालक समितीका सबै सातै जना विरुद्ध पक्राउ पुर्जी जारी भएपछि तातेडलाई गत साउन ३ गते पक्राउ गरिएको थियो । अन्य फरार आरोपितहरुको खोजी कार्य भईरहेको डिएसपी नेउपानेले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ