News Category 2081/04/18
माफीनामापछि पत्रकार धम्काउने मण्डल हिरासतबाट रिहा
दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
समाचार लेखेको निहुँमा नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष एवं राजविराज दैनिकका पत्रकार नवीनकुमार गुप्तामाथि अभद्र ब्यवहार गर्दै ज्यानमार्ने धम्की दिने महदेवा गाउँपालिकाका अभिषेक मण्डल शुक्रबार माफीनामापछि रिहा भएका छन् ।
सप्तरी प्रहरीले पत्रकार धम्काउने मण्डललाई पक्राउ गरी हिरासतमा राखि अनुसन्धान अगाडी बढाई सकेको अवस्थामा मण्डल पनि यही समाजका बासिन्दा भएको र गल्तीले अपशब्द प्रयोग हुन गएको भन्दै पत्रकार महासंघको समन्वयमा पीडित पत्रकार गुप्ताले एक पटकलाई माफी दिंदै थप कारबाही अगाडी नबढाउने निर्णयमा पुगेपछि उनी रिहा भएका हुन् ।
नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वासद्वारा शुक्रबार जारि विज्ञप्तिमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा शुक्रवार प्रवक्ता डीएसपी ढुण्डीराज नेउपाने, नेपाल पत्रकार महासंघ सप्तरी अध्यक्ष श्रवणकुमार देव तथा मण्डल परिवारका सदस्यहरुको रोहवरमा लिखित माफीनामा पत्रमा हस्ताक्षर गर्दै मण्डलले पत्रकार गुप्तासँग प्रत्यक्षरुपमा माफी मागेपछि उनी रिहा भएको जनाइएइको छ ।
विज्ञप्तिमा कुनै किसिमको समाचारमा कुनै पक्षको चित नबुझेको आधारमा प्रमाणसहित आफ्नो विषय राख्ने ठाउँ रहेको, त्यसो नभए माथिल्लो निकाय प्रेस काउन्सिल नेपालमासमेत निवेदन दिन सक्ने कानूनी ब्यवस्था रहेको उल्लेख गर्दै कुनै पनि समाचारमा कसैको चित नबुझेको अवस्थामा अपराधिक बाटो प्रयोग नगरी कानूनी बाटो प्रयोग गर्न समेत सम्बन्धित सबैमा पत्रकार महासंघले आग्रह गरेको छ ।
साथै विज्ञप्तिमा पत्रकार महासंघले थालेको संघर्षको कार्यक्रमसमेत स्थगित भएको तथा संघर्ष र समन्वयमा सहयोग गर्नु हुने सम्पूर्ण पत्रकार, सप्तरीका प्रहरी–प्रशासनसमेतमा धन्यवाद ज्ञापन गगरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ