News Category 2081/04/18
गायिका साह उर्मिला र अधिकारर्मी चौधरीलाई बैध–प्रकाश पुरस्कार

दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
यस वर्षको मैथिली लोकगीत गायनतर्फ सुनिता साह र अधिकारकर्मी तर्फ दिलिप चौधरी पुरस्कृत भएका छन ।
शुक्रवार मानवअधिकारकर्मी स्व.प्रकाश काफ्लेको ३२ औं स्मृति दिवसको अवसरमा यहाँ आयोजित कार्यक्रममा साह र चौधरीलाई पुरस्कृत गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी उच्च अदालत जनकपुर–राजविराज इजलाशका मुख्य न्यायधिश बामदेव ज्ञावलीले साह र चौधरीलाई क्रमश ५ औं मैथिली लोकगीत गायन पुरस्कार २०८१ र ९ औं बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०८१ प्रदान गरे ।
मैथिली लोकगायन क्षेत्रमा योगदान गरेवापत राजविराज ३ की ३० वर्षिया साह र अधिकार क्षेत्रमा योगदान गरेवापत रुपनी गाउँपालिका ६ का ५५ वर्षिय चौधरीलाई पुरस्कृत गरिएको पुरस्कार कोषका संस्थापक एवं प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले जानकारी दिए ।
२०७१ सालमा इन्सेकद्वारा ५० हजार राशी पुृरस्कार भएको प्रकाश–बैद्य मानवअधिकार पुरस्कार प्राप्त गरेका झाले सोही रकम र आमा चन्द्रादेवी झाको समाजिक सुरक्षा भत्ता वापतबाट प्राप्त हुने रकमबाट ५० हजार थपेर १ लाख रुपैयाको पुृरस्कार कोष नै स्थापना गरेका थिए ।
सोही कोषबाट प्रत्येक वर्ष उक्त दुबै पुरस्कार वितरण गरिदै आएको कोषका संस्थापक झाले बताए । इन्सेक सप्तरी प्रतिनीधी मनोहर पोखरेलद्वारा संचालित कार्यक्रममा मधेश प्रदेश आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, पूर्व निर्वाचन आयुक्त डा.अयोधि प्रसाद यादव, राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका प्रमुख बुद्ध नारायण सहनी, इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवान, पत्रकार महासंघ सप्तरीका सभापती श्रवण कुमार देव, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिह भन्साली, बरखगणका गणपती रमेश पाण्डे, प्रहरी उपरिक्षक गजुसिद्धी बज्रार्चाय लगायतले शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ