News Category 2081/04/18
गायिका साह उर्मिला र अधिकारर्मी चौधरीलाई बैध–प्रकाश पुरस्कार
दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
यस वर्षको मैथिली लोकगीत गायनतर्फ सुनिता साह र अधिकारकर्मी तर्फ दिलिप चौधरी पुरस्कृत भएका छन ।
शुक्रवार मानवअधिकारकर्मी स्व.प्रकाश काफ्लेको ३२ औं स्मृति दिवसको अवसरमा यहाँ आयोजित कार्यक्रममा साह र चौधरीलाई पुरस्कृत गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी उच्च अदालत जनकपुर–राजविराज इजलाशका मुख्य न्यायधिश बामदेव ज्ञावलीले साह र चौधरीलाई क्रमश ५ औं मैथिली लोकगीत गायन पुरस्कार २०८१ र ९ औं बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०८१ प्रदान गरे ।
मैथिली लोकगायन क्षेत्रमा योगदान गरेवापत राजविराज ३ की ३० वर्षिया साह र अधिकार क्षेत्रमा योगदान गरेवापत रुपनी गाउँपालिका ६ का ५५ वर्षिय चौधरीलाई पुरस्कृत गरिएको पुरस्कार कोषका संस्थापक एवं प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले जानकारी दिए ।
२०७१ सालमा इन्सेकद्वारा ५० हजार राशी पुृरस्कार भएको प्रकाश–बैद्य मानवअधिकार पुरस्कार प्राप्त गरेका झाले सोही रकम र आमा चन्द्रादेवी झाको समाजिक सुरक्षा भत्ता वापतबाट प्राप्त हुने रकमबाट ५० हजार थपेर १ लाख रुपैयाको पुृरस्कार कोष नै स्थापना गरेका थिए ।
सोही कोषबाट प्रत्येक वर्ष उक्त दुबै पुरस्कार वितरण गरिदै आएको कोषका संस्थापक झाले बताए । इन्सेक सप्तरी प्रतिनीधी मनोहर पोखरेलद्वारा संचालित कार्यक्रममा मधेश प्रदेश आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, पूर्व निर्वाचन आयुक्त डा.अयोधि प्रसाद यादव, राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका प्रमुख बुद्ध नारायण सहनी, इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवान, पत्रकार महासंघ सप्तरीका सभापती श्रवण कुमार देव, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिह भन्साली, बरखगणका गणपती रमेश पाण्डे, प्रहरी उपरिक्षक गजुसिद्धी बज्रार्चाय लगायतले शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ