News Category 2081/04/20
राजगढ गाउँपालिकाको गाउँँसभा रद्धसहित विभिन्न ८ बुँदे माग अघि सार्दै प्रर्दशन

दैनिक समाचारदाता
राजविराज, २० साउन ।
सप्तरीको राजगढ गाउँपालिकाका जनप्रतिनीधी र स्थानीयवासीले बहुमत नपु¥याई गरिएको गाउँसभा रद्धसहित ८ बुंदे माग अघि सार्दै आईतवार सदरमुकाम राजविराजमा प्रर्दशन गरेका छन् । उनीहरुले गाउँसभा रद्दगरि पुनःनयाँ मिति तोकेर अर्काे गाउँसभा गर्न पनि माग गरेका छन् ।
गाउँपालिकाका जनप्रतिनीधी तथा स्थानीयवासीले प्रर्दशन पछी प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षकलाई आवश्यक पहल गरी दिन माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन ।
क्यान्सर रोगले पीडित विरामी अवस्थाका सो पालिका वडा नं. ५ का वडाअध्यक्ष ७३ वर्षिय दुःखिलाल भन्ने देवेन्द्र प्रसाद साहको नेतृत्वमा आएको अन्य जनप्रतिनीधी तथा गाउँलेहरुले हस्ताक्षरसहित प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्राती तथा प्रहरी उपरिक्षक गजुसिद्धी बज्रार्चायलाई ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापनपत्र मार्फत साउन १० गते सम्पन्न पालिकाको १३ औं गाउँसभा ऐन कानुन विपरित भएको दाबी सहित उक्त गाँउसभाबाट पारित निर्णयहरु यथास्थितीमा राखी गाउँसभा बदर तथा अर्काे नयाँ मिति तोकेर पुनः गाउँसभा गर्नू पर्ने प्रमुख माग अघि सारिएको छ ।
ज्ञापनपत्रमा गाउँपालिकाका अध्यक्ष ओम प्रकाश मण्डलले स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ९ को दफा ६५ र दफा ६७ बमोजिम समितिबाट निर्णय नै नगराई मनपरी र एक पक्षिय ढंगले गाउँसभा गरेकाले सो बदर नगरिए चरणबद्ध आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ ।
गाउँसभामा कुल ३४ जना कार्यपालिका सदस्य रहेकोमा १ जनाको निधन भई हाल ३३ जना सदस्य कायम छन । जस मध्ये १७ जनाले गत साउन १० गते सम्पन्न गाउँसभालाई अवैधानिक भन्दै ज्ञापनपत्रमा हस्ताक्षर गरी अर्काे गाउँसभा गर्नु पर्ने माग गरेका छन ।
यस्तै ज्ञापनपत्र मार्फत पालिकाको ०७९÷०८० र ०८०÷०८१ को आय–ब्यय तथा लेखा परिक्षण प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, पालिकामा कार्यरत कर्मचारीको विवरण उपलब्ध गराउनु पर्ने, पालिकाकाको आफ्नै एउटा स्कारपियो हुदा हुदै थप २ वटा स्कारपियो गाडी भाडामा लिनुको कारण खुलाउनु पर्ने तथा करार पदमा नियुक्त भएका स्वयसेवक शिक्षक तथा प्रशासनिक सहायक पदका कर्मचारीहरुले लामो समय देखी नपाएको तलब सुविधा यथासिघ्र उपलब्ध गराउनु पर्ने लगायतका माग पनि अघि सारिएको छ ।
टोलीमा सहभागी स्थानीय समाजसेवी रामकान्त यादवले २२ गते मंगलवार गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा आफुहरुले अघि सारेको जायज मागहरु उपर तत्काल सम्बोधनको पहल नभए बैठक वसी आन्दोलनका थप सशक्त कार्यक्रमहरु घोषणा गरिने तयारी भएको जानकारी समेत दिए ।
ज्ञापनपत्रको बोद्यार्थ, मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई समेत दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ