News Category 2081/04/21
प्रधानमन्त्री आँप जोन कार्यक्रम ः “उपलब्धी भन्दा भ्रष्टाचार बढी”, ३० करोड बढीको लगानी, ५० लाखकोे घर हावाहुरीले उडायो
दैनिक समाचारदाता
राजविराज, २१ साउन ।
मधेश प्रदेशको सप्तरी र सिरहा जिल्लामा आँप किसानलाई लक्षित गरेर विगत पाँच वर्षदेखी प्रधानमन्त्री आँप जोन कार्यक्रम सुरु कस्गरिएको छ । तर उक्त कार्यक्रमको उपलब्धी भन्दा भ्रष्टाचार नै बढी देखिएको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिकास्थित मधुपट्टीमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यालयबाट सप्तरीमा आर्थिक वर्ष २०७३÷७४ देखि आँप जोन कार्यक्रम पाँच वर्षसम्म चलेको तथ्याङ्क देखाएको । अहिले पनि यस जिल्लामा सामान्य रुपमा सो कार्यक्रम चलिरहेको छ । यता सिरहामा भने आर्थिक वर्ष २०७६÷७७ देखि यो कार्यक्रमले निरन्तरता पाएको छ ।
कार्यक्रम चलिरहेको अवस्थामा किसानलाई उपयुक्त सल्लाहसहित आवश्यक उपकरण, किटनाशक औषधी तथा मलखाद वितरण, कृषि प्राविधिकबाट नियमित निरीक्षण सहितका काम हुँदा सप्तरीमा आँप उत्पादन फस्टाएको थियो । उक्त पाँच वर्षको अवधीमा ३० करोड बढीको सरकारी लगानी आँप खेतीमा मात्रै भएको देखिएको छ । तर उक्त रकम बराबरको उपलब्धी भने देखिएको छैन । कर्मचारीको बदमासीले सम्पूर्ण किसानले लाभ उठाउन सकेन भने उपलब्धी पनि शून्य देखिएको छ ।
यतिमात्रै नभई प्रधानमन्त्री आँप जोन कार्यक्रम अन्तर्गत सप्तरीको कदमाहामा आँप खरीद बिक्री केन्द्र र जुस उधोग स्थापना गर्ने लक्ष्य थियो । सोही लक्ष्य बमोजिम कदमाहामा ५० लाखको लागतमा पूर्वाधारसमेत निर्माण भयो । तर, न त आँप खरीद बिक्री केन्द्र खुल्यो न त जुस उधोग नै स्थापना भयो । बरु अहिले उक्त भवन पनि भत्किने अवस्थामा पुगेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सप्तरीका प्राविधिक चन्दनकुमार सुनरैतले परियोजना अन्तरगत सप्तरी जिल्लामा पछिल्लो पाँचको अवधीमा ३० करोड भन्दा बढी किसानहरुमा लगानी गरिएको बताए ।
यता आँप किसानहरुले प्रधानमन्त्री आँप जोन कार्यक्रमले किसानहरुलाई खासै उपलब्धीमूलक नभएको टिप्पणी गरेका छन् । मधुपट्टीका आँप किसान बिर्जु मुखियाले परियोजनाबाट थोरै सेवा सुविधा भने पाएको स्वीकार गर्दै भने, “मल, कैची लगायतका सामाग्रिहरु पाए, तर त्यसबाहेक अरु केही पाइएन् ।”
यस्तै अर्की बोदेबर्साइनकी आँप किसान जुवेदा खातुनले भनिन्, “आफुले अहिलेसम्म परियोजनाबाट केही पाएको छैन् ।”
यसैगरि अर्का आँप किसान सम्पतलाल महतोले परियोजना अन्तरगत जुस उत्पादन गर्ने उद्योग बनाउने लक्ष्य रहेपनि हालसम्म केही गरिएको छैन् । सो अन्तरगत ५० लाखको लागतमा बनाइएको घर पनि हावाले उडाएको उनको भनाई छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सिरहाका कृषि अधिकृत उदयकुमार सिंह तीन चार वर्ष अगाडीबाट कार्यक्रम संचालनमा रहेको र वन संचालन गरेर जुस उत्पादन गर्ने लक्ष्य रहे पनि आफू नयाँ कर्मचारी भएकोले अन्य कुरा थाहा नभएको प्रतिक्रिया दिए ।
यसरी हेर्दा सप्तरी र सिरहा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत हालसम्म एक अर्ब बराबरको बजेट खर्च भईसकेको छ । किसानलाई सहुलियत प्रदानको नाममा सरकारी बजेट खर्चको नाममा कर्मचारी र उपभोक्ता समितिहरु भ्रष्टाचारमै लागेको देखिंदा नियामक निकायद्वारा कार्यक्रमको छानविन गरी दोषीमाथि कारबाही अगाडी बढाउनु जरुरी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ