News Category 2081/04/24
छिन्नमस्ता मन्दिरमा अनावश्यक हस्तक्षेप हुन थालेको गुनासो
दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
प्रसिद्ध शक्तीपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवती मन्दिर समितीको नियमित कामकाजमा अनावश्यक हस्तक्षेप हुन थालेको गुनासो गरिएको छ ।
बिहीवार मन्दिरका पिठाधिश महाकान्त ठाकुर तथा छिन्नमस्ता भगवती मन्दिर संरक्षण सम्बद्र्धन समितिका सचिव बाबु नारायण मण्डलले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै यस्तो गुनासो गरेका हुन् ।
जनआस्थाको केन्द्र रहेको मन्दिरमा केही दिन यता केही ब्यक्तीहरुले विभिन्न गुट, उपगुट बनाई पुजारी तथा समितिका पदाधीकारीहरुमाथी अनावश्यक दवाव दिने, निर्णयहरुमा हस्तक्षेप गर्ने, अमर्यादित ब्यवहार गर्ने र धाकधम्की समेत दिएर तर्साउन खोज्ने लगायतका गतिवीधी हुन थालेको विज्ञप्तीमा उल्लेख छ ।
केही ब्यक्तीले आफ्नो स्वार्थपुर्तीका लागी मन्दिर जस्तो पवित्र स्थललाई पनि राजनीतिको अखडा बनाउन खोजेको दोषारोपण सहित विज्ञप्ती मार्फत यसबारे पालिकाका सबै सचेत नागरिकले चासो राख्नु पर्ने र त्यस्ता प्रवृतिका व्यक्तीलाई निरुत्साहित पार्न सहयोगका लागी आग्रह समेत गरिएको छ ।
विज्ञप्तीमा मन्दिर समितिका नयाँ विधान निर्माण गरी दर्ता प्रकृयाका लागी जिल्ला प्रशासन कार्यालयमा बुझाइ सकिएको र सो प्रकृयामा सघाउन समेत सम्पुर्ण गाउँवासीलाई आग्रह गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ