News Category 2081/04/24
छिन्नमस्ता मन्दिरमा अनावश्यक हस्तक्षेप हुन थालेको गुनासो
दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
प्रसिद्ध शक्तीपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवती मन्दिर समितीको नियमित कामकाजमा अनावश्यक हस्तक्षेप हुन थालेको गुनासो गरिएको छ ।
बिहीवार मन्दिरका पिठाधिश महाकान्त ठाकुर तथा छिन्नमस्ता भगवती मन्दिर संरक्षण सम्बद्र्धन समितिका सचिव बाबु नारायण मण्डलले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै यस्तो गुनासो गरेका हुन् ।
जनआस्थाको केन्द्र रहेको मन्दिरमा केही दिन यता केही ब्यक्तीहरुले विभिन्न गुट, उपगुट बनाई पुजारी तथा समितिका पदाधीकारीहरुमाथी अनावश्यक दवाव दिने, निर्णयहरुमा हस्तक्षेप गर्ने, अमर्यादित ब्यवहार गर्ने र धाकधम्की समेत दिएर तर्साउन खोज्ने लगायतका गतिवीधी हुन थालेको विज्ञप्तीमा उल्लेख छ ।
केही ब्यक्तीले आफ्नो स्वार्थपुर्तीका लागी मन्दिर जस्तो पवित्र स्थललाई पनि राजनीतिको अखडा बनाउन खोजेको दोषारोपण सहित विज्ञप्ती मार्फत यसबारे पालिकाका सबै सचेत नागरिकले चासो राख्नु पर्ने र त्यस्ता प्रवृतिका व्यक्तीलाई निरुत्साहित पार्न सहयोगका लागी आग्रह समेत गरिएको छ ।
विज्ञप्तीमा मन्दिर समितिका नयाँ विधान निर्माण गरी दर्ता प्रकृयाका लागी जिल्ला प्रशासन कार्यालयमा बुझाइ सकिएको र सो प्रकृयामा सघाउन समेत सम्पुर्ण गाउँवासीलाई आग्रह गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ