News Category 2081/04/24
पत्रकार महासंघद्वारा प्रेस स्वतन्त्रता विरोधी घटनाको छानबिन गरी दोषीउपर कानुनी कारबाहीको माग
दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
समाचार संकलनका क्रममा सप्तरीमा पत्रकारमाथि दुव्र्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
महासंघका महासचिव रोशन पुरीद्वारा बिहीबार जारि विज्ञप्तिमा सप्तरीको राजगढ गाउँपालिकामा विभिन्न माग राखी स्थानीय बासिन्दा र उक्त पालिकाका बहुमत जनप्रतिनिधिले गरिरहेका चरणवद्ध आन्दोलनको समाचार संकलनका क्रममा पत्रकारमाथि पालिका अध्यक्ष ओमप्रकाश मण्डलले गरेको दुव्र्यवहार र समाचार संकलनमा गरिएको अवरोधको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको उल्लेख छ ।
विज्ञप्तिमा समाचार संकलनका लागि उक्त गाउँपालिका पुगेका महासंघ सप्तरीका सचिव एवं कान्तिपुर टेलिभिजनका सम्वाददाता रामनारायण विश्वास, कोषाध्यक्ष नवीनकुमार गुप्ता, सदस्य विद्यानन्द रामलगायतलाई पालिका अध्यक्ष मण्डलको प्रत्यक्ष संलग्नतामा दुव्र्यवहार र समाचार संकलनमा अवरोध गरिएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “पत्रकारको परिचय दिँदादिँदै गापा अध्यक्ष मण्डलले ‘मेरो अनुमती बिना यो कार्यालय कसरी प्रवेश गरेको यो अफिसको मालिक म हो, मेरो आदेशबिना केही हुँदैन, मेरो आदेश बिना हाकिमको कार्यकक्ष किन प्रवेश गरेको’ भन्दै जंगिदै कुटपिटको प्रयाससमेत गर्नुका साथै उनका समर्थकहरुले कान्तिपुर टेलिभिजनको माइक खोसेर तीनैजना पत्रकारलाई करिब १० मिनेट थुनेर राखिएको थियो ।”
कुनै पनि सार्वजनिक विषयका समाचार र सूचनालाई नागरिक र सरोकारवाला निकायमा पु¥याउन भूमिका निर्वाह गर्ने पत्रकारलाई सघाउनुको साटो सार्वजनिक पदमा वहाल अध्यक्षजस्तो जिम्मेवार व्यक्तिबाट पत्रकारमाथि गरिएको यो व्यवहार अत्यन्त निन्दनीय, अशोभनीय र अमर्यादित रहेको महासंघले ठहर गरेको छ ।
सोही विज्ञप्ति मार्फत अध्यक्ष मण्डलको यस्तो हर्कतले प्रेस स्वतन्त्रतामा आघात पुग्नुका साथै प्रचलित कानुनको समेत उल्लंघन भएको महासंघको ठहर गर्दै महासंघ प्रेस स्वतन्त्रताविरोधी यो घटनाको छानबिन गरी दोषीउपर कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ